सिप विकास समितिको अध्यक्षमा सिग्देल

पोखरा, २० असोज। सिप विकास समिति पोखरा – १३ को २८ औ साधारण सभा तथा १४ औ अधिवेशनबाट अध्यक्षमा निलकण्ठ सिग्देल चयन भएका छन्।समितिको उपाध्यक्षमा केशवकान्त सिग्देल, कोषाध्यक्षमा बसन्त सिग्देल , सदस्यहरुमा कुशल सिग्देल, किशोर सिग्देल, विजय सिग्देल, रञ्जना सिग्देल र विष्णु सिग्देल छन्।

साधारण सभाले सचिव अर्जुन सिग्देलको वार्षिक र कोषाध्यक्ष रमाकान्त सिग्देलको आर्थिक प्रतिवेदन पारित गरेको छ। यसअघि साधारण सभाको संस्थापक सदस्यहरु चित्राङ्गद सिग्देल, जगन्नाथ सिग्देल, दुर्गाप्रसाद सिग्देल र शरदकान्त सिग्देलले उद्घाटन गरेका थिए।

कार्यक्रममा संस्थाका पुर्वअध्यक्षहरु माधवप्रसाद सिग्देल र शरदकान्त सिग्देलले बोलेका थिए। सिप विकास समितिका अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विश्वप्रकास सिग्देलले स्वागत र सचिव अर्जुन सिग्देलले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...