युवा टोल सुधार समिति कँडहरद्वारा शुभकामना

पोखरा, २० असोज। युवा टोल सुधार समिति कुँडहर पोखरा – १३ ले विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष रामकुमार राईले नयाँ सोच र वीचारका साथ समाजको विकासका लागि युवाहरु अग्रसर बन्नुपर्नेमा जोड दिए। युवाहरु मिलेर अघि बढ्न सके समाज रुपान्तरण गर्न समय लाग्दैन उनले भने – त्यसैले समाज रुपान्तरणका लागि युवाहरु एक हुन आवश्यक छ।

कार्यक्रममा वी.पी मार्ग टोल विकास संस्थाका सदस्य पुर्णकला भुजेल, क्लवका सदस्य शिवकुमार श्रेष्ठ र स्थानीय युवा सुरेन्द्र श्रेष्ठले बोलेका थिए। यसैवीच, समितिले टोलमा दशैको महत्व झल्काउन वी.पी मार्गमा पिङ निर्माण गर्ने र कात्तिक ९ गते रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।

कमेन्टहरु
Loading...