निर्वाचनमा सहयोग गर्न सचिवको निर्देशन

प्रदिप पौडेल /पोखरा, असोज २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रविण मिश्रले
स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुले जनस्वाथ्यमा मात्र होइन कि मुलुकको
वर्तमान राजनैतिक तरलतालाई अन्तय गर्न संविधानसभाको निर्वाचन सफल गराउन
पनि थप दाहित्य रहेको बताउनु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयद्धारा आयोजित तीन दिने समिक्षत्मक
कार्यक्रममा बोल्दै सचिव मिश्रले राजनैतिक तरलतामा रहेको मुलुक कर्मचारीको
जिम्मामा आएकाले कर्मचारीहरुले इमान्दार र बफादारी भई काम गर्नुपर्ने कुरामा
जोड दिनु भयो ।
उहाँले स्वास्थ्य नागरिक भएमा मात्र मुलुकले आर्थिक तथा समाजिक विकास गर्न
सकिने भएकाले परम्परागत स्वास्थ्य उपचार प्रणालीलाई बिस्तारै अन्तय गरी
आधुनिक उपचार पद्दति तर्फ लैजान स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिनु भयो ।
सचिव मिश्रले हाल पाँच जिल्लामा मात्र रहेको स्वास्थ्य विमा कार्यक्रम आगामी ५
वर्ष भित्र ७५ वटै जिल्लामा पुराउने सरकारको लक्ष्य भएकाले स्वास्थ्य क्षेत्रमा काम
गर्ने कर्मचारीलाई सोही अनुरुप काम गर्न आग्रह गर्नु भयो ।
स्वास्थ्य क्षेत्रमा आइपर्ने समस्यालाई जिल्ला तहदेखि नै समाधान गर्नुपर्नेमा जोड
दिँदै सचिव डा. मिश्रले सरकारले हाल प्रदान गरेका स्वास्थ्य सेवा र औषधीको
गुणस्तरको बारेमा सम्झौता नगर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
साथै उहाँले स्वास्थ्य मन्त्रालयमा ३ अर्बभन्दा बढी वेरुजु भएकाले तुरुन्त फर्छोट
गर्न ताकेता गर्नुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. अशोक कुमार
चैरासीयाले जनताको खुसीमा स्वास्थ्यलाई मापन गर्नुपर्ने बताउनु भयो । त्यसै
गरी यु.आई.डी. का डा. रब, स्वास्थयका विभागी प्रमुखहरु भीम आचार्य, तारानाथ
पोख्रेलहरुले स्वास्थ्यको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा यस क्षेत्रका जनस्वास्थ्य प्रमुखहरुदेखि लिएर स्वास्थ्य क्षेत्रमा आर्थिक
एवम् प्राविधिक सहयोग पुराउने राष्ट्रिय एवम् अन्तराष्ट्रिय गै्ररसहकारी
संस्थाहरुको सहयोग रहेको छ ।

कमेन्टहरु
Loading...