ज्ञानमार्गको सरसफाइ कार्यक्रम

पोखरा, असोज २०/पोखराको नदीपुरस्थित ज्ञानमार्ग टोल विकास संस्थाले बडा दसैं र तिहारको सन्दर्भमा टोल सरसफाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिलिप गिरीको नेतृत्वमा टोलका बासिन्दाहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा नदीपुर चोकदेखि ट्राफिकचोकसम्म सरसफाइ गरिएको थियो ।

संस्थाले स्थापनाकालदेखि नै टोल सुधारका लागि विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको अध्यक्ष गिरीले बताउनुभयो । गिरीले टोलमा बिग्रिएका सानातिना पूर्वाधारहरुको मर्मतका लागि नगरपालिकाको मुख ताक्नुभन्दा स्थानीय पहलमै समाधान गरिनुपर्ने बताउनुभयो । दसैं तिहारका अवसरमा टोलमा चियापान तथा शुभकामना आदानप्रदान गरिने कोषाध्यक्ष प्रकाश गिरीले जनाउनुभयो ।

कमेन्टहरु
Loading...