सागर राज तिमिल्सिना
पोखरा, १९ असोज/धिरेन शाक्यलाई धेरैले नायकका रुपमा चिन्दै आएका थिए । तर पोखरामा उनि फरका रुपमा देखिए । बगर भाईखलक पोखराले आयोजना गरेको ८ ए साइड फुटबल प्रतियोगितामा नायक धिरेन शाक्य फुटबल खेलाडीका रुपमा देखा परे । नायक धिरेन शाक्य फोट्टी प्लस नेपाल काठमाण्डौको तर्फबाट मैदानमा उत्रिएका थिए ।
नायक धिरेन शाक्य कै कप्तानीमा उत्रिएको टिमले १३ टिमको सहभागिता प्रतियोगितमा सेमिफाइनल सम्मको यात्रा बनायो । सेमिफाइनलमा फोट्टी प्लस नेपाल काठमाण्डौलाई पोखरा भेट्रान्सले १–० ले पराजित ग¥यो ।
प्रतियोगितामा नायक धिरेन शाक्यको टिम फोट्टी प्लस नेपाल काठमाण्डौ अनुसाशित टीम घोषित भयो । प्रतियोगितामा ४० बर्षदेखि ६० बर्ष उमेरका पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय एवम स्थानीय खेलाडीहरुको सहभागि रहेको थियो । तस्वीर गिता रानामगर