जनकल्याण समितिको १० औ विविध सम्मानमा पत्रकार सिग्देल सम्मानित

पोखरा, १९ असोज। पोखराको जनकल्याण समितिले शनिवार १० औ विविध सम्मान कार्यक्रम सम्पन्न गरेको छ। त्यसअवसरमा संस्थाका सदस्यबाट पदोन्नती हुने, संस्थाका बृद्व सदस्य, विभिन्न तह उतिर्ण विद्यार्थी, युवा पत्रकार र शैक्षिक पुरस्कारबाट विभिन्न व्यत्तिहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा समितिले विशेष सम्मानबाट पोखराका युवा पत्रकार नवीन सिग्देललाई सम्मान गरेको छ।

nibanपत्रकारिताका माध्यमबाट समग्र पोखराको विकास तथा सङ्घसंस्थाका गतिविधिहरुको प्रर्बद्वनमा योगदान पु¥याएकोभन्दै उनलाई सम्मान गरिएको हो।संस्थाका अध्यक्ष लोकबहादुर कार्की, प्रथम उपाध्यक्ष रामबहादुर के.सी, द्वितिय उपाध्यक्ष विष्णु कार्की र सल्लाहाकार प्रा. तारा बरालले संयुक्त रुपमा दोसल्ला सहित सम्मान पत्र प्रदान गरि युवा पत्रकार सिग्देललाई सम्मान गरेका थिए। युवा पत्रकार सिग्देल विगत एक दशकभन्दा बढि समयदेखि पोखरामा रहेर पत्रकारितागर्दै आएका छन्।

त्यसैगरी, पदोन्नती सम्मानबाट टंकबहादुर शाही, अर्जुनबहादुर क्षत्री र अरुण कार्कीलाई सम्मान गरिएको छ। कार्यक्रममा बयोवृद्व सदस्य सुन्तली आचार्य, विभिन्न तह उतिर्ण गर्न सफल युवराज त्रिपाठी, अरुण कार्की, माधव आचार्य, निर्तेष गौतम, ज्योती बराल, विक्रम भट्टराई, मञ्जु कार्की, मनिषा कार्की, अमृता बराल, सपना आचार्य, आकृति शर्मा, भगवती आचार्य, मिलनबहादुर खत्री, सुजन भट्टराई, सोनु के.सी, दिपेन्द्र गौतम, डा सन्तोष सुवेदी, स्वतन्त्र गौतमलाई सम्मान गरिएको छ।

त्यसैगरी राम लक्ष्मी शैक्षिक पुरस्कारबाट सुजन भट्टराई र ज्योती बराल तथा अक्षयकोषदाता केशव आचार्य र राजेन्द्र आचार्यलाई पनि सम्मान गरिएको छ। उनीहरुलाई प्रमुख अतिथि आदर्श बोर्डीङ स्कुलका संस्थापक अध्यक्ष नवराज थापा, संस्थाका अध्यक्ष लोकबहादुर कार्की सहित समाजसेवीहरु टिका कार्की, प्रेमबहादुर कार्की, तिलक गुरुङ, राजेन्द्र आचार्य, प्रा. तारा बराल, केशवराज आचार्य, राजेन्द्र भण्डारी, जमुना श्रेष्ठले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै आदर्श वोर्डीङ स्कुलका संस्थापक नवराज थापाले सवैजना मिलेर समाजिक संघ संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिए। समाजसेवी टिकाबहादुर कार्कीले जनकल्याण समितिले समाजमा रचनात्मक काम गरी समाजिक सद्भाव कायम गर्न सफल भएकोभन्दै प्रशंसा गरे। कार्यक्रममा समाजसेवी प्रेमबहादुर कार्कीले संस्थालाई ६५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए।

कमेन्टहरु
Loading...