पोष्टमार्टमका लागि राखिएका सन्तोष उठेपछि

काँकडभिट्टा , आश्विन १९/कतिपय अवस्थामा अचम्म अचम्म हुन्छ त्यस्तै भयौ । अस्पताल र परिवारले माया मारेका थिए उनी । ुअव वाँच्दैनु भनेर पोष्टमार्टमका लागि मेची अंचल अस्पताल भद्रपुर पुर्‍याइएका विरामी १९ वर्षीय सन्तोष राजवंशी यतिबेला सकुशल छन् ।

santoshहामीले माया मारिसकेका थियौुं, सन्तोषका दाजु राजु राजवंशीले सुनाए,ुत्यसैकारण पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको थियो ।ु असोज ५ गते विष सेवन गरी आत्महत्या प्रयास गरेका झापा धाइजन ६ का सन्तोषलाई उपचारका लागि तत्काल विर्तामोडको कन्काई अस्पताल पुर्‍याइएको थियो । कन्काईले उनलाई धरान रेफर गर्‍यो । धरानले पनि विरामीको अवस्था चिन्ताजनक भएको र अस्पतालमा आईसीयु वेड खाली नभएको भन्दै भोलिपल्टै अन्तै रेफर गरिदियो ।

दुवै अस्पतालले रेफर गरेपछि निरास राजवंशी परिवारले विर्तामोडकै मनमोहन मेमोरियल क्षेत्रीय अस्पतालमा सघन उपचारार्थ भर्ना गरे । तर, दुई दिनसम्म पनि विरामीको अवस्थामा सुधार नभएपछि त्यहाँ कार्यरत चिकित्सकले वचाउने सम्भावना ज्यादै न्यून भएको भन्दै बिदा दिएका थिए ।

अस्पतालले वचाउन नसक्ने देखिएपछि त्यतिवेलासम्म परिवारका सदस्यहरु सोझै घरतिर लगेर अन्त्येष्टि गर्ने सल्लाह पनि गर्दै थिए । तर, आत्महत्याको घटना भएकाले कानूनी प्रकृया पुर्‍याएर मात्रै लैजाने सल्लाह भयोु, सन्तोषका दाजु राजुले भने,ुत्यसपछि अञ्चल अस्पताल पुर्‍याएर पोष्टमार्टम घरमा छिराउन खोज्दा भाइ अचानक वौरियो ।ु सन्तोषका फुपाजु चेतराम राजवंशीका अनुसार राजवंशी उनको अन्त्येष्टिका लागि घरमा दाउराको जोहो पनि गरिएको थियो ।

अस्पताल र परिवारले माया मारेको विरामी वौरिएपछि परिवारले थप उपचारका लागि तत्काल ओम साई पाथिभरा अस्पताल पुर्याएको थियो । उपचार पछि सन्तोष यतिवेला सकुशल छन् । उपचारमा संलग्न चिकित्सक पोषणरमण त्रिपाठीले विरामी वेहोस अवस्थामा भर्ना गरिएको बताए । ुवेहोसीमै उनले हात खुट्टा चलाएका थिएु, त्रिपाठीले भने, ुछाती ज्यादै खराव थियो ।

चाडो उपचारका लागि अस्पताल ल्याइएका कारण विरामीको ज्यान वचेको उनले बताए । त्रिपाठीका अनुसार सन्तोषले मेटासिट समूहको अग्र्यानो फोस्फेरस नामको विषादी सेवन गरेका थिए । ुकेही समय ढिला भएको भए ज्यानै जाने सम्भावना थियोु, त्रिपाठीले भने ।

कमेन्टहरु
Loading...