एट ए साईड भेट्रान्स फुटवलमा एबीसीकोे ह्याट्रिक

पोखरा, १९ असोज/पोखरा अम्मरसिंहचोकमा रहेको अम्मरसिंह व्वाईज क्लब (एबीसी) ले एट ए साईड फुटवल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएको छ । पोखरामा शनिबार सम्पन्न भएको बगर भाई खलक एट ए साईड फुटवल प्रतियोगिताको फाईनल खेलमा पोखरा भेट्रान्सलाई ३–१ ले पराजित गर्दै यसपालीको उपाधि सहित प्रतियोगितमा ह्याट्रिक गर्न सफल भएको हो ।

एबीसीले लगातार उक्त प्रतियोगितमा तीन पटक जित हासिल गर्दै आएकाले रनिङ शिल्ड समेत पच गर्न सफल भएको छ । एबीसीको जितमा हरी खड्काले दुई र लालबहादुर खत्रिले एक गोल गरे भने पोखरा भेट्रान्सका हिमबहादुर खड्काले एक गोल गरे । पोखरा भेट्रान्सका धरमसिंह लामिछाने म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितमा विजेता टोलीले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ साथमा ट्रफि मेडल प्रमाण पत्र पाएका छन ।

प्रतियोगितामा एबीसीका गोलरक्षक रविन शाही उत्कृष्ट खेलाडी घोषित भए भने इन्द्रेणीका आनन्द रन्जितले सर्वाधिक गोल कर्ताको उपाधि पात पार्न सफल भए । रन्जितले प्रतियोगिता अवधिभर ४ गोल गरेका थिए । उनीहरुलाई सामसुङ मोवाईल प्रदान गरीएको थियो । १३ टिमको सहभागिता रहेको प्रतियोगितमा नायक धिरेन शाक्यको टिम फोट्टी प्लस नेपाल काठमाण्डौ अनुसाशित टीम घोषित भयो । विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि प्राध्यापक टाक्डर विरेन्द्रसिंह गुरुङ, बगर भाई खलकका अध्यक्ष एवम संयोजक दिलबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन ।

यस अघि शनिबार विहान भएको पहिलो सेमिफाईनल खेलमा एबीसीले ईन्द्रेणी विकास केन्द्र टुडिखेललाई १–० ले पराजित गरेको हो । एबीसीको जितमा म्यान अफ दी म्याच घोषित मनकाजी गुरुङले निर्णायक गोल गरेका हुन । अर्को सेमिफाईनल खेलमा फोट्टी प्लस नेपाल काठमाण्डौलाई पोखरा भेट्रान्सले १–० ले पराजित ग¥यो । पोखरा भेट्रान्सको जितमा ताईकाजी गुरुङले निर्णायक गोल गरे । खेलमा काठमाण्डौका गोपाल महर्जन म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा ४० बर्षदेखि ६० बर्ष उमेरका पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय एवम स्थानीय खेलाडीहरुको सहभागि भएको उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । एस.एस ग्रुप काठमाण्डौको मुख्य प्रायोजनमा “स्वास्थ्यका लागि खेलकुद, पुर्व खेलाडी कल्याण कोषको लागि सहयोग” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पुर्व खेलाडीहरुलाई सम्मान तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने भएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...