पुरुञ्चौरमा अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता सुरु

पोखरा, १९ असोज/विजया दशमीको अवसरमा पुरुञ्चौरमा अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ । शनिवार देखि चार दिन सम्म भारती भवन उच्च माविमा संचालन हुने भलिवल प्रतियोगितामा १६ टिमकोे सहभागिता रहेको छ । देश विकासका लागि युवा र युवाका लागि खेलकुद भन्ने नाराका साथ संचालन भएको भलिवल प्रतियोगिता नव सृजनशिल यूवा क्लवले आयोजना गरेको हो । प्रतयोगिताको उद्घाटन पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर देवेन्द्रवहादुर लामिछानेले गरे । उद्घाटनका अवसरमा उनले खेलकुद भनेको यूवाको आत्मीयता वढाउन र देश विकासको लागि सकारात्मक सोच विकास गर्न अपरिहार्य भएको धारणा राखे । उनले खेलकुदको विकास नभई देशको विकासमा सकारात्मक प्रभाव नपर्ने भन्दै देशका प्रत्येक कुना कुनावाट खेलकुद अभियान संचालन हुनु पर्ने घारणा राखे ।

कार्यक्रमका संयोजक ईमानराज पौडेलले खेलकुदले सवैलाई एक हुने अभिप्रेणा सृजना गर्ने भएकाले वर्षविच्छे यस्ता खालका कार्यक्रम गर्ने जानकारी दिए । क्लवका अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग गर्ने सवैलाई उनले धन्यवाद दिए । सभाको समापन गर्दै अध्यक्ष गौतमले आसन्न चुनावमा सवै दल आफ्नौ तरिकाले लागेको भए पनि यस्ता खालका कार्यक्रमले सवैलाई मिलेर संविधान सभाको निर्वाचनमा लाग्ने प्ररणा मिल्ने धारणा राखे । कार्यक्रममा दिपक पौडेल, तेजवहादुर अधिकारी र राम्जी अधिकारीले खेलकुदको वारेमा आफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...