भावना सहकारीको दोस्रो साधरण सभा

पोखरा, १९ असोज/कास्कीको सराङ्गकोट गाविस गोठादीमा रहेको भावना सामुदायिक कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएकोछ । सराङ्गकोट गाविस स्तरङीय सहकारीका रुपमा स्थानीय बासिन्दाहरुले स्थापना गरेको m संस्थाको साधारण सभाको शनिबार एक कार्यक्रमका वीच फेवा फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङले उद्दघाटन गरे ।कार्यक्रममा फेवा फाइनान्सका अध्यक्ष गुरुङले सराङ्गकोटमा स्थानीयरुपमा उक्त सहकारीले सह्यानीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।उनले ग्रामिण क्षेत्रमा आर्थिक गतिविधि बढाएर स्थानीयरुपमा आय आर्जन बढाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेको थिए।

संस्थाका अध्यक्ष शिवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा गाविस सचिव विष्णु प्रसाद पौडेल,संस्थाका संस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिना, शेयर सदस्यहरु अरुण थापा, नारायणी गौतम,मणि ज्योति निमावीका प्रअ क्षेत्रबहादुर भुजेल,पुष्कल थापा,दामोदर तिमिल्सिना,सारदा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...