हिन्दु धर्मलाई उपेक्षा गरेको आरोप

पोखरा, १९ असोज/बिजया दशमी तथा दिपावलीको उपलक्ष्यमा राष्ट्रिय धर्म सभा कास्कीले पोखरामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष बिष्णुप्रसाद पौडेलले राज्यले हिन्दु धर्म र संस्कृतिलाई उपेक्षा गरेको आरोप लगाए ।

बिष्णु हिन्दु महासंघका केन्द्रिय सल्लाहकार दुर्गाप्रुसाद कोईरालाले दशैं जस्तो राष्ट्रिय संस्कृति र पर्वलाइृ बिकृतिमुक्त बनाउनुपर्ने धारणा राखे । सनातन धर्म सेवा समितिका अध्यक्ष रबीन्द्र माकाजूले धर्म निरपेक्ष राष्ट्रको नाममा हिन्दुहरुलाई बिभेद गर्ने गरेकोमा असन्तुष्टी ब्यक्ति गर्दै समानताको लागि सरकारसंग आग्रह गरे ।

राष्ट्रिय धर्म सभा कास्कीका अध्यक्ष टेकन गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राधा माधव समिति श्यामा श्याम सत्संग केन्द्रका संयोजक ध्रुवप्रसाद पराजुली, शान्तिघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष भक्तराज श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन रुद्र कुँवरले गरेका थिए ।

कमेन्टहरु
Loading...