तेर्सापट्टि टोलविकास सस्थाको शुभकामना

पोखरा, १९ असोज/तेर्सापट्टि टोलविकास सस्थाले नेपालीहरुको महानपर्व विजयादशमी, दिपावली तथा छडको अवसरमा शनिबार पोखरामा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्दै सस्थाका सल्लाहकार सुधा प्रजुले चाडपर्वहरुलाई विकृती तथा विसंगति रहित ढंगले मनाउनुपर्नेब बताउँदै धार्मिक सहिष्णुताको साथ मनाउन सवैलाई आग्रह गरिन । त्यसैगरी सस्थाका सल्लाहकार आनन्दमान उदासले चाडपर्वलाई एकतको पर्वको रुपमा मनाउन आग्रह गरे ।

तेर्सापट्टि टोलविकास सस्थाका अध्यक्ष जितेन्द्र कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा भिन्तुना क्लवका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार राजन श्रेष्ठ, सदस्य श्याम शाक्य, सहसचिव कुमुदराज राजभण्डारी, दिलिप रञ्जित, निरज कायस्य, जितबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सस्थाका सचिव सरिता तिमिल्सिना पंगेनीले जानकारी दिइन ।

कमेन्टहरु
Loading...