दशैँ मुडमा मोडलहरु (फोटो फिचर)

पोखरा, १९ असोज /यतिबेला सबैमा दशैँको रन्को छ । नेपालीहरुको महान चाड यो पर्वको रौनक नै बेग्लै हुन्छ । आपसमा सद्भाव साट्न सहयोग पु¥याउने यो पर्व सबैको लागि उत्तिकै विशेष पनि छ । ग्रामिण ईलाकामा दशैँकै कारण पुरै घरहरु रंगीएका छन् । यता शहरमा पनि दशैँ छपक्कै भैसकेको छ ।dasi modelपोखरामा हरेक पर्वहरु निकै तामझामसहित मनाईन्छ । पोखरा साँस्कृतिक शहर भएकै कारण हरेक सँस्कारमा पर्ने पर्वहरु यहाँ विशेष बन्छन् । पर्यटकिय र रंगीन शहरको रुपमा परिचित पोखरामा पनि यतिबेला दशैँकै कारण बजारहरुमा भीड बाक्लो देखिन्छ । यहि भीडमा अनेकन रहर र सपना सजाउँदै दशैँ मनाउने योजना बनाईरहेका मानिसहरु आ–आफ्नै तयारीमा जुटिरहेका छन् ।

उता पोखराका रंगीन दुनियाँलाई ड्राइभ गरिरहेका केहि मोडलहरु पनि यस्तै दशैँ मुडमा भेटिए । मिलन शंकर, रेम बिक, रेखा पुरी, मिस पोखरा २०१३ का फस्ट रनरअप लक्ष्मी जिसी, सविन गायक र अंशु लामालाई हामीले दशैँ मुडमा भेट्यौँ । उनीहरु दशैँलाई स्पेशल बनाउनका लागि फोटोशुट गरिरहका थिए । ‘शान्ति र सद्भावसहित यसपालिको दशैँ सबैले मनाऔँ भन्ने सन्देश दिन फोटोशुट गरेका हौँ ।’ दशैँ फोटोशुट मुडमा भेटिएका सबै मोडलहरुले एकै स्वरमा भने ।

dasi model (1)dasi model (2)

तस्विर ः सुवास कार्की
मोडलहरु ः मिलन, रेम, रेखा, लक्ष्मी, सविन र अंशु
लोकेशन ः लिचि बोट पार्टी प्यालेस
ड्रेस ः पोखरा कला केन्द्र तथा ड्रेस हाउस

कमेन्टहरु
Loading...