बडा दशै कप टेनिस जारी

असोज १९,पोखरा/नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा पोखराको पस्र्याङ्गमा जारि बडा दशै कप टेनिस प्रतियोगितामा शनिवार विकाश गुरुङ्ग, विनोद कायस्थ, शरण गुरुङ्ग र अनिल तुलाचनले जित हाँसिल गरेका छन् ।विकासले बसन्त प्रधानलाई ६–२,६–२ ले, विनोदले सुरेश श्रेष्ठलाई ६–०,६–१ ले, शरणले विनायक पालिखेलाई ६–२, ७–५ ले तथा अनिल तुलाचनले नविन मगरलाई ६–१, ७–६ ले पराजित गरेका हुन् । त्यसैगरि धरमसिंह लामिछानेले वाकओभर दिएपछि शम्भु गुरुङ्गपनि अगाडी वढे । यसअघि लोक गुरुङ्गले नविन श्रेष्ठलाई ६–१, ६–१ ले तथा सूर्य शाहिले नविन चालिसेलाई पराजित गरेको प्रतियोगिता संयोजक निरज थापाले जानकारी दिए । जित हाँसिल गरेका खेलाडीहरु क्वाटरफाइलनमा पुगेका छन्

कमेन्टहरु
Loading...