पोखराको विध्यावासिनीमा नवदुर्गा महोत्सब सुरु (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, १९ असोज/नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा आजदेखि नबदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धनको लागि विध्याबासिनी धार्मिक क्षेत्र बिकास समितिले महोत्सबको आयोजना गरेको अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सबको पहिलो दिन आज घटस्थापनाको अबसरमा शोभायात्रा निकालिएको छ ।

bindabasini (1)विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो । शोभायात्रामा नबदुर्गाको ९ रुपको झाकी, एक सय आठ कलश, बिध्याबासिनी मन्दिरको झाकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, सास्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । शोभायात्रापछि घटस्थापनाको शुभसाईतमा जमरा राखिएको छ ।

आजदेखि नबदुर्गा महोत्सब अन्तर्गत महानबमीको दिन सम्म दैनिक नवदुर्गा कथा बाचन हुने विध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिले जनाएको छ । महोत्सब अबधिभर करिब एक लाख दर्शनार्थी भित्र्याउने ब्यबस्थापन समितिको लक्ष्य छ । ३ सय बर्षको ईतिहास बोकेको विध्याबासिनी मन्दिरमा कास्की संगै आसपासका जिल्लाहरु तनहु, लम्जुङ, स्याङजा, पर्बत काठमाण्डौ देखि दर्शनार्थीहरु आउने गरेका छन् ।

bindabasini (11)

bindabasini (10)

bindabasini (9)

bindabasini (8)

bindabasini (7)

bindabasini (5)

bindabasini (4)

bindabasini (3)

bindabasini (2)

bindabasini

कमेन्टहरु
Loading...