खैरेनी तेक्वान्दो स्कुलदुलेगौंडामा बेल्ट टेस्ट

पोखरा, १८असोज। खैरेनीउच्चमाविदुलेगौंडा तनहुँमाशुक्रबार तेक्वान्दोको बेल्ट टेस्ट सम्पन्नभयो। नेपाली सेनाको नं. ३ बाहिनी खैरेनीटारकाबाहिनीपति ध्रुवकुमार शाह, कास्कीजिल्ला तेक्वान्दो सङ्घका सचिव प्रेमनारायण न्यौपाने, विद्यालयकाप्रधानाध्यापक प्रेमबहादुर रानातथाविद्यालयव्यवस्थापन समितिकाअध्यक्षरेखकुमार गुरुङको उपस्थितिमाभएको सो बेल्ट टेस्ट तेक्वान्दोका सहायकप्रशिक्षकएवं डोजाङ प्रमुखबलरामलामा, कुमार गुरुङ, आइतमानतामाङलेप्रशिक्षार्थीहरूको टेस्ट लिएकाथिए। बेल्ट टेस्टमा ह्वाइट बेल्टका १५ जनाप्रशिक्षार्थीको सहभागिता रहेको थियो।

कार्यक्रमकाप्रमुखअतिथिनं. ३ बाहिनी खैरेनीटारकाबाहिनीपति ध्रुवकुमार शाहले अघिल्ला प्रधानसेनापति छत्रमानसिंह गुरुङ पनितेक्वान्दोको ब्ल्याकबेल्ट रहेकोउदाहरण दिँदै तेक्वान्दो खेल नेपालको उत्कृष्ट खेल भएको दाबी गरे। कास्कीजिल्ला तेक्वान्दो सङ्घकासचिव प्रेमनारायण न्यौपानेले संगीना वैद र दीपक विष्टजस्ता खेलाडी ओलम्पिकमापुगेको भन्दै मेहनत र अनुशासनले राष्ट्र र जनताको इज्जत बढ्ने बताए।उनले तेक्वान्दो खेलले सेल्फ डिफेन्स गर्नेमात्रनभइप्रशिक्षार्थीको बौद्धिक, मानसिकविकास पनिगर्न सहयोग पु¥याउने हुँदा सम्पूर्ण अभिभावकले आÇना छोराछोरीलाई तेक्वान्दो खेल सिकाउनआग्रह गरे।

विद्यालयकाप्रधानाध्यापक प्रेमबहादुर रानाले तेक्वान्दो खेलले नेपाल र नेपालीको गरिमा बढाएको भन्दै यस्तो खेललाई विद्यालयमाभिœयाउनपाउनु आफूहरूको अहोभाग्य रहेको बताए। लियो क्लबअफ खैरेनीदुलेगौंडा सिटीका अध्यक्षबाबुराम गैरेले तेक्वान्दो खेलको विकास र विस्तारको लागिआफूहरूको सहयोग सधैँ रहने बताए। विद्यालयव्यवस्थापन समितिकाअध्यक्षरेखकुमार गुरुङको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालन डोजाङ प्रमुख बलरामलामाले गरेकाथिए।

कमेन्टहरु
Loading...