पोखरा, १८ असोज ः विश्व जनावर दिवसको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार तथा पशुअधिकारकर्मी कृष्णमणि बराल सम्मानित भएका छन् । पशु कल्याणमा विशेष योगदान पु¥याएको भन्दै पशु कल्याण संञ्जाल नेपालले पोखराका पत्रकार तथा एनिमल राइट्स नेपालका अध्यक्ष कृष्णमणि बराल, ललितपरकी सम्झना केसी, काठमाडौका विश्व मास्के र ललितपुर कुपण्डोलका राम नेवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पशु कल्याण संञ्जाल नेपालका अध्यक्ष मनोज गौतमले पशु कल्याणको विषयलाई अझैपनि सरोकारवालाहरुले बेवास्ता गरेको बताए । पशु र मानव सम्वन्ध शताब्दीदेखि नै चलिरहेकोले पर्यावरणीय सन्तुलन भएकोमा मानवीय गतिबिधिका कारण यो सम्वन्ध खल्बलिदै गएकोमा चिन्ता ब्यक्त गरे । जनावरलाई मानवीय कारणले विनास हुनवाट बचाउन कानुनी रुपमा पनि संरक्षण गरिनु पर्नेमा गौतमले जोड दिए ।
सो कार्यक्रममा एनिमल नेपालकी प्रर्मदा शाह, जेनगुडल इन्च्युच्युटकी सृष्टि सिंह श्रेष्ठ, एनिमल राइट्स नेपाका अध्यक्ष कृष्णमणि बराललगाएतले जनावरको संरक्षण र बतमान अवस्थाका बारेमा बोलेका थिए । यसैगरी दिवसकै अवसर पारेर काठमाडौंको वसन्तपुर दरवारबाट सुरुभएको जनावर संरक्षण सम्वन्धि जनचेतना यात्रा पाटन स्थित कृष्णमन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।
पशु कल्याण संञ्जाल नेपाल आयोजनामा भएको कार्यक्रममा जनावर संरक्षणको क्षेत्रमा कार्यरत बिभिन्न संस्थाका प्रतिनिधि, बिद्यार्थी, संरक्षणकर्मीहरुको सहभागीता रहेको थियो । यात्रामा सहभागीहरुले वलिप्रथाको अन्त्य गरिनुपर्ने, जनवारलाई दुख नदिउँ जस्ता नारा लेखिएका प्लेकाड लिएका थिए ।