गोर्खा संचार सहकारीको चौथो साधारण सभा

पोखरा १८ असोज/व्रिट्रिस, भारतिय तथा सिंगापुर भुतपुर्व तथा वहालवाला सैनिकहरुको साझा संस्था गोर्खा कम्युनिटि पोखराद्धारा संचालित गोर्खा संचार सहकारी संस्थाको चौथो साधारसभा सम्पन्न भएको छ ।  सहकारीको नाममा विंस २०६७ साल देखी संचालन भइरहेको गोर्खाली रेडियो १०६ मेघाहर्जको चौथो सधारणसभा आज पोखरामा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रभा कोइरालाले अवको भविष्य भनेको सहकारीमा रहेको जिकिर गर्नुभयो ।

उहाँले समुदाय विना कुनै पनि व्यापार व्यवासाय अगाडि बढ्न नसक्ने दावी गर्नुभयो । अध्यक्ष कोइरालाले सहकारी शिक्षालाई उच्चशिक्षाको पठ्यक्रममा समवेश गरिनुपर्नेमा जोड दिनुभयो । सहकारीको तुलनामा वित्तिय क्षेत्रमा व्यक्तिगत मुनाफा आर्जन हावी हुने बताउदै सहकारी नै आजको आवश्यकता भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा गोर्खा कम्युनिटि पोखराका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले सम्पुर्ण गोर्खालीहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले गोर्खाली द्धारा संचालन गरिएका व्यवासायहरुमा गोर्खालीहरुको सहयोग आवश्यकता रहेको बताउनुभयो । त्यसैगरि गोर्खा एण्ड बराह ज्वेलरी इन्डष्ट्रिजका प्रोपाइटर हरि धमलाले गोर्खाजहरु व्यापर व्यावासायमा सफल भइरहेको बताउदै सम्पुर्ण गोर्खालीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गोर्खा उपभोक्त पसलका संयोजक डब्लु ओ टु भिम बहादुर गुरुङ, द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर गुरुङ, शेयर सदस्यका तर्फबाट मेजर कृष्ण बहादुर गुरुङ, विज्ञापनदाताहरुको तर्फबाट फेवा फाइनान्सका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले पोखरामा भएका गोर्खालीहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

कमेन्टहरु
Loading...