नायक धिरेन शाक्यको टोली पोखरा भेट्रान्ससंग सेमिफाइनलमा खेल्ने

पोखरा, १८ असोज/पोखरामा जारी बगर भाई खलक एट ए साईड फुटवल प्रतियोगिता अन्र्तगत सुक्रबार क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । शनिबार विहान ईन्द्रेणी विकास केन्द्र टुडिखेल बिरुद्ध एबीसी बिच खेल हुने भएको छ भने अर्को सेमिफाईनल खेलमा नायक धिरेन शाक्यको टिम फोट्टी प्लस नेपाल काठमाण्डौ बिरुद्ध पोखरा भेट्रान्स विच हुने भएको हो ।

सुक्रबार भएको पहिलो खेलमा एबीसीले अल स्टार काठमाण्डौलाई सडेन डेथमा पराजित गरेको हो । निर्धारित समयमा दुबैतर्फ गोलरहित बराबर र टाईब्रेकरमा दुबै तर्फ ३÷३ गोल भएकोले खेल अन्तिम निर्णायकको लागि सडेन डेथमा पुगेको हो । सडेन डेथमा अलस्टारका नगेन्द्र सिंहले प्रहार गरेको पेनाल्टी सुट एबीसीका रविन शाहिले बचाउ गरेका हुन । खेलमा काठमाण्डौका बालगोपाल मर्हजन म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो खेलमा ईन्द्रेणी विकास केन्द्रले भ्याली स्पोटर्स रातोलाई ४–० ले पराजित गरेको हो । ईन्द्रेणीको जितमा म्यान अफ दी म्याच घोषित आनन्द रन्जित, सोलबहादुर गुरुङ, टेण्डुप लामा र हरी गुरुङले एक एक गोल गरे । पोखरा भेट्रान्सले सानो गौचरनलाई २–० ले पराजित गरेको छ । पोखराको जितमा हिमबहादुर खड्का र गोकलसिंह मगरले एक एक गोल गरे । खेलमा गौचरनका गोलरक्षक निर्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा विहान सेमिफाईनल र दिउँसो २ बजे पनि फार्ईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको बगर भाई खलकका सचिव मनकाजी गुरुङले बताए ।

कमेन्टहरु
Loading...