मिस पोखराको उपाधी २० वर्षिया रश्मीलाई

पोखरा, १८ असोज /मिस पोखरा २०१३ को उपाधी २० वर्षिया रश्मी अधिकारीले जितेकी छन् । उपाधी जितेसंगै मिस पोखराको सँस्करणमा उनी छैठौँ नम्बरको मिस पोखरा बनिन् । उपाधीसंगै उनले नगद पचास हजार रुपैँया र स्कुटर प्राप्त गरिन् । मिस पोखरा बनेकी अधिकारीले आगामी मिस नेपालमा सोझै सहभागिता जनाउन पाउनेछिन् । मिस पोखरा बनेकी अधिकारी हाल नर्सिङ विषय लिएर अध्ययनरत छिन् ।

miss pokhara 2013मिस पोखराको यो सँस्करणमा फस्ट रनरअपको उपाधी लक्ष्मी जिसीले हात पारिन् । उनले ३० हजार रुपैँया नगद पुरस्कार समेत प्राप्त गरिन् । लक्ष्मी स्थानिय माछापुच्छ«े एफएममा कार्यरत छिन् । त्यस्तै सेकेन्ड रनरअपको उपाधी भने शोभा केसीको पोल्टामा प¥यो । उनले उपाधीसंगै नगद २० हजार रुपैँया प्राप्त गरिन् । केसीले पोखरामा रहेर एअर होस्टेस ट्रेनिङ सेन्टर संचालन गर्दै आएकी छन् ।

मिस पोखरा २०१३ मा कुल २५ जना युवतीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा अन्य आठ जना प्रतिस्पर्धीहरुले विभिन्न विधामा उपाधी समेत हात पारेका छन् । जसअनुसार मिस फोटोजेनिकको उपाधी रश्मी अधिकारी, वेस्ट स्माईलको उपाधी माधवी भण्डारी, भ्यूवर्स च्वाईस अवार्ड निशा पुन, वेस्ट हेयरस्टाईल अवार्ड निशा श्रेष्ठ, मिस ट्यालेन्ट अवार्ड सजनी रोक्का, वेस्ट पर्सनालिटि अवार्ड शितल गुरुङ, वेस्ट क्याटवाक अवार्ड एनालिशा गुरुङ र वेस्ट ड्रेस अवार्ड रक्षा सुर्यवंशीले हात पारिन् ।

मिस पोखरा २०१३ मा सात जना निर्णायकमण्डल रहेको थियो । हिडन ट्रेजरका सुवर्णबहादुर क्षेत्री ग्राण्ड फिनालेमा मुख्य निर्णायक रहेका थिए । त्यस्तै अन्य निर्णायकहरुमा नायिका केकी अधिकारी, पुर्व मिस नेपाल निलिमा गुरुङ, सौन्दर्यकर्मी चिनु गुरुङ, पोखरा उद्योग वाणिज्य संघका पुर्व पदाधिकारी रमेश कर्माचार्य, प्राध्यापक डा. कुशुमाकर न्यौपाने र विकल शेरचन रहेका थिए ।

मिस पोखरा २०१३ को ग्राण्ड फिनाले सकिएसंगै प्रतियोगिताका संयोजक सन्तोष पोखरेलले सहयोगीहरु सबैलाई धन्यवाद प्रकट गरेका छन् । उनले सबै क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरेको बताएका छन् । त्यस्तै पोखरा जेसिजका अध्यक्ष विष्णुबहादुर थापाले जेसिजले १३ वर्षपछि मिस पोखराको आयोजना गर्दा पनि सबैतिरबाट निकै माया पाएको उल्लेख गर्दै यसले कार्यक्रमलाई निरन्तरता दिन निकै हौसला मिलेको प्रतिक्रिया दिए ।

मिस पोखराको उद्घोषण पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकी थिईन् । मिस पोखरामा गायक प्रमोद खरेल र नरजंग गुरुङको समेत विशेष प्रस्तुती रहेको थियो । उनीहरुले सभागृह हलमा खचाखच दर्शकहरुलाई भरपुर मनोरञ्जन समेत दिलाएका थिए ।

तस्वीर ः उमेश पुन

कमेन्टहरु
Loading...