बारामा एमाले उम्मेद्वारमाथि गोली प्रहार, काठमाडौमा उपचार हुदै

काठमाडौ, १८ असोज/बाराको क्षेत्र नम्बर ४ का एमाले उम्मेद्वार महम्मद आलममाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । शुक्रबार बिहान करिब साढे ११ बजे बाराको चैनपुर चोकमा स्थानीय केडीया आँखा अस्पताल अगाडि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका ३ जनाले उनीमाथि गोली प्रहार गरेर भागेका थिए।homahad-ansari-1भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुले दुई राउण्ड गोली हानेका थिए। टाउकोमा गम्भीर चोट लागेका उम्मेद्वार आलमको बीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार हुन नसको पछि गम्भीर घाइते आलामलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । उनको काठमाडौ स्थित अस्पतालमा उनको उपचार भैरहेको छ । ।

कसले र किन गोली चलाएको खुल्न सकेको छैन। अहिले सो क्षेत्रमा प्रहरी सुरक्षा कडा पारिएको छ ।एमाले कार्यकर्ताले घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै वीरगञ्ज बजार बन्द गराएका छन् ।

कमेन्टहरु
Loading...