प्रहरी दिवस पोखरा पनि विभिन्न कार्यक्रम गरी मनायो

सागर राज तिमिल्सिना
पोखरा, १८ असोज/५८ औ प्रहरी दिवस एवम् पूनरमिलन समारोह विभिन्न कार्यक्रम गरी पोखरामा मनाइएको छ । पश्चिमक्षेत्रीय प्रहरी कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मीले शान्ति, सुरक्षाका लागि नेपाल प्रहरीले पुराएको योगदानको प्रशन्सा गर्दै उनले आगामी संविधानसभाको निर्वाचनको लागि पनि प्रहरीले सुरक्षा दिन सफल हुने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले जनताको जीउ धनको सुरक्षाका लागि प्रशासनले सुरक्षा दिन सफल भएको बताए । पश्चिम क्षेत्रीय प्रमुख कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्र बहादुर शाहले शान्ति सुरक्षा स्थापनाका लागि खटिएका पश्चिमाञ्चलका १४ सय ९५ अमर प्रहरी र ५६ जना वीर प्रहरीहरुले ज्यान गुमाएको बताए ।
उनले आगामी निर्वाचन र चाडवाडलाई लक्षित गरेर सुरक्षा योजना समेत तयार पारी काम सुर भएको बताए । कार्यक्रममा अंञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख केदारमान सिंह भण्डारी, पूर्व प्रहरी संघका क्षेत्रीय अध्यक्ष एक नारायण शर्मा, नेपाल उद्योग वागिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री विनोद प्रतिक लगायतले प्रहरीले पुराएको योगदानका बारेमा चर्चा गरेका थिए ।
 

कमेन्टहरु
Loading...