जोजिजू म्यूजिकल जर्नीमा पत्रकार सन्तोष र कलाकार मुस्कान सम्मानित हुने

पोखरा, १८ असोज/विशेष सांगीतिक कार्यक्रम “जोजिजू म्यूजिकल जर्नी” को अवसरमा शनिबार पोखरामा पत्रकार र कलाकार सम्मानित हुने भएका छन । पोखरा रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर (म्युजिक स्कुल) ले आयोजना गर्न लागेको उक्त कार्यक्रमको अवसरमा नागरीक राष्ट्रिय दैनिकका संवाददाता सन्तोस पोखरेल र कलाकार मुस्कान रानाभाटलाई सम्मान गरीने भएको सेन्टरले जनाएको छ ।

पत्रकारीताको क्षेत्रबाट वाललावीको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै पोखरेललाई र सेन्टरका प्रशिक्षार्थी रानाभाटले कलाकारीताको क्षेत्रबाट उल्लेखनिय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको म्युजिक स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए । रानाभाट विग आईकन २०१३ का विजेता हुन।Santosh Pokharel

संगित क्षेत्रमा लागेका नवप्रतिभावान कलाकारको प्रतिभा प्रष्फुटन गराउन तथा अग्रजलाई सम्मान गर्न पनि सेन्टरले विगत पाँच बर्षदेखि उक्त कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावालीको अवसरमा आयोजना हुने उक्त कार्यक्रममा सुगम संगीतका चर्चित गायक, रामभक्त जोजिजू, गायिका ईतु जोजिजू, मन्जुश्रीको क्लासीकल म्युजिकल धुन, कलाकार मुस्कान रानाभाट, नेत्रप्रसाद सुवेदीको प्रस्तुती रहने भएको सेन्टरका व्यवस्थापक सानु जोजिजूले बताईन । एक दशकदेखि संगित क्षेत्रमा उल्लेखनिय योगदान दिदै आएको सेन्टरले करीब ५ हजार जनालाई सांगीतीक क्षेत्रमा प्रशिक्षण गराएको सेन्टरको दाबी छ ।

लायन्स क्लब अफ पोखरा शुन्दरनगरीको विषेश सहयोगमा पोखरा चिप्लेढुंगामा रहेको हिमालयन गार्डेन रेष्टुरेण्टको सभाहलमा दिउसो २ बजेदेखि संचालन हुने कार्यक्रममा दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा बिभिन्न तीन वटा वल्र्ड रेकर्ड कायम गरेका वालप्रतिभा उत्प्रेम जोजिजूको पाँचौ जन्म दिन समेत मनाईने भएको छ । रातो र भन्द्र सुर्यं…..वोलको गितमा ड्रमसेट बजाएर उत्प्रेम जोजिजूले केक काट्ने भएका छन । उत्प्रेमले एभरेष्ट वल्र्ड रेकडर्स सन् २०१२, ओण्डर्स रेकडर्स होल्डरर्स सन् २०१२ र युनिक वल्र्ड रेकडर्स सन् २०१२ मा विश्वकै सवै भन्दा कान्छो ड्रमरको रुपमा विश्वकिर्तीमानि प्रमाण प्रत्र पाएका थिए । गिनिज बुक अफ दी वल्र्ड रेकडमा जोजिजूको नाम लेखाउन अन्तिम चरणमा पुगेको उनको परिवारले जनाएको छ ।

म्युजिकल जर्नीमा भक्ति गुरुङ, अनिल विक, देवकी गिरी, अनिता गुरुङ, विजय गुरुङ, ईनिशा दुरा, करन तामाङ, राजु गुरुङ, झरना गुरुङ, बर्षा गुरुङ, प्रेङका जोजिजू, अनुष्का जोजिजू, अन्जना गुरुङ, खिम गुरुङको समेत प्रस्तुती रहने भएको छ ।

म्युजिकल जर्नीको अवसरमा यस अघि रामकाजी गुरुङ, सुवर्ण बज्रचार्य, अम्मर गुरुङ (पोखरेली), मोहन गुरुङ, बुद्धराज बज्रचार्य, सुनिल थापा, सामसुङ तामाङ, बुद्धिप्रसाद गुरुङ (गोरे), राकेस अपजसी, पंकटपंगेनी शिव लगायतका श्रष्ठाहरु सम्मानित भईसकेका छन ।

कमेन्टहरु
Loading...