पोखरामा अल्ट्रालाईट दुर्घटना, दुईको मृत्यु (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा १७ असोज/पोखरामा एभिया क्लबले सन्चालन गर्दै आएको अल्ट्रालाईट नायन ए ए जे वाइ आज विहान दुर्घटनामा परेको छ । विहान चाइनीज पर्यटक सहित उडेको अल्ट्रालाईट दुर्घटना भै धान खेतमा खस्दा दुई जनाको ज्यान गएको छ । कास्कीको पुम्दीभुम्दी स्थित शान्तिस्तुपा नजिकै बिहान साढे ९ बजे अल्ट्रालाईट दुर्घटना हुदा चालक स्टेफन श्रेष्ठ र चिनिया नागरीक लि जोन पर्यटकको ज्यान गएको हो ।ulterlightr

श्रेष्ठ एभिया क्लबका सञ्चालक समेत हुन् । उडानको क्रममा ईन्जिनमा खराबी आएपछि अबतरण गर्न खोज्दा बिजुलीको तारमा ठोकिएर दुर्घटना अएको विमान स्थलले जानकारी दिएको छ । मौषम पनि खराब भएका कारण दुर्घटना भएको हुन सक्ने स्थानीयल जानकारी दिए । पोखरामा सामान्य बर्षा भैरहेको छ । दृष्य अबलोकनको लागि उडान भरेको थियो । स्थानीयका अनुसार जहाज ढल्फीएर पछि पाइलटल प्यारसुट खेलेका थिए तर चिसो मौषकका कारण प्यारासुट नखुलेका बताए ।

शबलाई पोष्टमार्टमको लागि चरक अस्पताल लगिएको छ । घटना लगतै उद्धारको लागि स्थानिय, प्रहरी र नेपाली सेनाको टोलि घटनास्थल पुगेका थिए । दुर्घटनाग्रस्त अल्ट्रालाईट पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आकाशमा उडिरहेको अल्ट्रालाईट एक्कासी खसेपछि स्थानियबासी घटनास्थल पुगेका थिए । ‘ उद्धारको लागि गएका थियौ स्थानियल भने अल्ट्रालाईटमा रहेका दुबैको मृत्यु भैसकेको थियो ।’

अल्ट्रालाईट सञ्चालनको १७ बर्षे ईतिहासमा पहिलोपटक दुर्घटनामा परेको हो । एभिया क्लबले पोखरामा पहिलोपटक अल्ट्रालाईट भित्र्याएको थियो । पोखरा र यस आसपासको दृष्याबलोकनको साथै हिमश्रृङखलालाई नजिकबाट नियाल्ने उत्कृष्ट माध्यमको रुपमा अल्ट्रालाईटको प्रयोग हुदै आएको छ । दुर्घटना पश्चात् अहिले सम्पूर्ण अल्ट्रालाईटको उडान स्थगित गरिएको छ ।

ulterlightr (2)ulterlightr (1)

कमेन्टहरु
Loading...