वेलनन, सरस्वती, मेरिगोल्ड र प्रगति सेमिफाइनलमा प्रवेश

पोखरा, १६ असोज/पोखरामा जारी प्रथम ज्ञानुबाबा कप सेभेन ए साइड फुटबल प्रतियोगितामा
वेलनन, सरस्वती, मेरिगोल्ड र प्रगति सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पृथ्वीनारायण क्याम्पस पोखराको फुटबल मैदानमा जारी प्रतियोगिताको
बुधवार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा वेलननले आयोजक ज्ञानुबाबालाई
ट्राइबेकरमा ३–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश पायो । ती दुबै टिमबीचको खेल निर्धारित ४० मिनेट गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा
धकेलिएको थियो ।
दोस्रो खेलमा सरस्वती आर्दशले कन्चनजङ्गालाई १–० ले हरायो । यसैगरि
तेस्रो खेलमा मेरी गोल्ड बोर्डिङले रिभरडेललाई २–० ले पराजित गरि
सेमीफाइनलको यात्रा तय गर्न सफल भएको हो । चौथो तथा अन्तिम
क्वाटरफाइनल खेलमा प्रगति वोर्डिङले पोखरा एकेडेमीलाई ट्राइबेकरमा २–१ ले
हराउदै अघिल्लो चरणमा प्रवेश ग¥यो ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल विहिवार विहान ७ बजे वेलनन र
सरस्वतीबीच र दोस्रो खेल ८ बजे मेरीगोल्ड विरुद्ध प्रगति भिड्ने छन् ।
सेमिफाइनलका विजेताबीच विहिवार दिउँसो ३ बजे उपाधीका लािग प्रतिष्पर्धा
हुने आयोजक समितिका सदस्य बाबुराम सुवेदीले जाकारी दिए ।
जिल्लाका विभिन्न निजी विद्यालयका शिक्षक र कर्मचारीबीच भाइचारा सम्बन्ध विकास
गर्ने उद्देश्यले पोखरामा पहिलोपटक सेभेन ए साइड फुटबल प्रतियोगिता
आयोजना गरिएको खेल संयोजक एवम् विद्यालयका प्रिन्सिपल दिनेश अर्यालले
जानकारी दिए ।

कमेन्टहरु
Loading...