टप्सको छात्रा फुटबल टिम बेष्ट प्लेयरसहित तृतीय

पोखरा, असोज १६ /पश्चिमाञ्चल च्याम्पियन बनेर कोकाकोला कप अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगितामा भिड्न काठमाण्डौ गएको पोखराको टप्स उच्च माविको छात्रा फुटबल टिम तृतीय पुरस्कार लिएर बुधबार पोखरा फर्केको छ । तेस्रो स्थानका लागि भएको खेलमा टप्स उच्च माविले काठमाण्डौको एप्पल एकेडेमीलाई ३–० को गोल अन्तरले पराजित गरी तेस्रो पुरस्कारमा पुनः कब्जा जमाएको हो ।

गत वर्षको प्रतियोगितामा पनि तेस्रो भएको टप्सले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । एप्पलविरुद्ध ह्याट्रिक गरेकी टप्सकी बिमला चौधरी समग्र खेलकै छात्रातर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भएको विद्यालंंय स्थापिका भक्ति गुरुङ जानकारी दिनुभयो । चौधरीले दस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी थिइन् । पढाइका अलावा विद्यालयले निरन्तर अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई संलग्न गराउँदै आएकाले राष्ट्रिय रुपमै यस्ता सफलताहरु विद्यालयले प्राप्त गरिरहेको प्राचार्य रत्नमान गुरुङले बताउनुभयो ।

टप्सका तर्फबाट टिम प्रशिक्षक ऋषिसरा थापा, व्यवस्थापक चित्रकुमार गुरुङ, संस्थापिका भक्ति गुरुङसहित खेलाडीहरु शशी चौधरी, पुष्पा चौधरी, विमला चौधरी, सरस्वती विक, सुस्मिता नेपाली, रिमा गुरुङ, स्मृति गर्बुजा, मनिषा चौधरी, निशा पाहारी, गीता थापा, सरस्वती अधिकारी र समीक्षा गुरुङ सहभागी भएका शिक्षक रुपिन्द्र प्रभावीले जनाउनुभयो ।

कमेन्टहरु
Loading...