पोखराका मयेरलाई सन्तोषको निबेदन

नगरपिता ज्यु मा निबेदन
मेयर साप हजुरजस्तो नेता भयको ठाउम नगरबासिले दुख नपाउन।
तर…
सवारी चालकलाइ ट्राफिकले अपराधीलाई जस्तै व्यवहार गर्छ।
मो सा र कार ( सवारी साधन ) पोखरा महानगर पालिकाका सडकमा दौडाउनु के अपराध हो!
अनेक हुने नहुने नियम लगायर दुख पायका जनतालाइ शास्ती माथिको सास्ती।


कहिले सुचना बोर्डनै नराखी पार्किङ गर्न हुदैन भन्दै सवारी साधनमा साङ्लो लगाउछ।
कहिले यो ठाउ बस रोक्ने ठाउँ हो पार्किङ गर्न पाइन्थेन भन्दै साङ्लो लगाउछ।

कहिले तेर्सो राख भन्छ , कहिले ठाडो भन्छ, कहिले सिधा राख.. कहि नभयको जात्रा , थोरै छडके राख्दा सयौं गाडी अटने ठाउमा बीस वटा मात्र अटने गरि सिधा राख भन्छ, थोरै छडके भयो भने यसरि पार्किङ गर्न हुदैन भन्दै साङ्लो लगाउछ।

यसरी उसरि अनेकन दुख…हैन मेयर साप हजुर जस्तो ब्यक्ती भयको ठाउमा कुन्नी केको राज्य जस्तो अलि सुहायन कि।
Expert, , ब्यबसायी, नागरिक, विभिन्न संघ सस्थाको बृहत् भेलाबाट जनताले के चाहेका छन छलफल राख्न सकिँदैन? जताबाट हावालाग्यो उतै दौड्यो ले अलि हल्का भइन्छकि।

सोच्नुस हजुर- यो ट्राफिकको साङ्ले अनि बादशाह नीतिले जनता आजित भै सकेका छन।
दन्ड( punishment ) मात्र समाधान हैन , दन्डभन्दा त्यो सम्बन्धमा शिक्षा ( educate to the people) दिनु अझ महत्त्वपूर्ण हो रे।

तर के हुदैछ हाम्रो नगरमा? किन अदुरदर्शी निर्णय हुन्छन हाम्रो नगरमा? कसले प्रभाबमा पार्छ हाम्रा नेतालाइ। खै बुझ्नै सकियन।

कमेन्टहरु
Loading...