गणेश भद्रकाली मन्दिरमा वृहत सरसफाई

पोखरा, १६ असोज/ ५८ औ प्रहरी दिवस तथा आसन्न विजया दशमीको शुभ अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीको आयोजनामा गणेश भद्रकाली मन्दिरको वृहत सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधवार सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले बुधवार गणेश भद्रकाली मन्दिरको सरसफाई गरेको छ । ५८ औ प्रहरी दिवस तथा आसन्न विजया दशमीको शुभ अवसरमा केन्द्रले शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम गरेको हो ।

केन्द्रका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवामा आवद्ध व्यक्तिहरु, सामुदायिक प्रहरी, नयाँ गोरख गण फूलवारी व्यारेकबाट सेनानी हेमनाथ ढकालको कमाण्डमा ६० जना,वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा १५ जना, प्रहरीहरुको सहभमगिता रहेको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक माधव पण्डित सहित ३९ जना, गणेश भद्रकाली मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय टोल विकास संस्था, आमा समूह, भद्रकाली क्लव, शिक्षा प्रेमी, धार्मिक आस्था भएका व्यक्तिहरु समेतको सहभागितामा मन्दिर परिसर सरसफाई गरिएको थियो ।

कमेन्टहरु
Loading...