पोखरा सफल कपमा १२ टिम निश्चित

पोखरा, १६ असोज /लक्ष्मी गु्रपको उत्पादन सफल दुधको मुख्य प्रयोजनमा पोखरा रगंशालामा आउदो कात्तिक ५ गतेदेखि संचालन हुने तेश्रो संस्करणको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । प्रतियोगितामा ७ राष्ट्रिय क्लब, चार विदेशी र आयोजक पोखरा एघार गरि १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।

safalप्रतियोगितामा ७ एडिभिजनका टिमहरु मनाङ मस्र्याङदी, थ्री स्टार, एन्फा यु–१६, त्रिभुवन आर्मी क्लब, शसस्त्रको एपीएफ क्लब, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पाले सहभागिता जनाउने निश्चित भएको छ भने विदेशी हङकङ नेप्लिज एशोसियन, अष्ट्रेलियाको यति एफसी, भुटान र आयोजक पोखरा ११ को टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगिता कात्तिक १६ गतेसम्म संचालन हुने छ । संघका महासचिव राजन पौडेलका अनुसार प्रतियोगितको करिव ७० प्रतिशत काम सकिएको छ । प्रतियोगिताको प्रचार–प्रसारका लागी पोखराका विभिन्न ठा“उमा ब्यानर, पोष्टर टाँस्ने लगायका कामहरु भैरहेको महासचिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पोखराको मुख्यबजारहरु पृथ्वीचोक,सभगृहचोक, सृजनाचोक, महेन्द्रपुल, चिप्लेढुङगा, विजयपुर, लेखनाथको सैनिक बस्ती लगायत अन्य ठाँउमा ब्यानर राख्ने काम भैरहेको छ ।
एघारदिने प्रतियोगिताको लागि ५५ लाख ६० हजार आम्दानी हुने अनुमान गरिएको छ । मुख्य प्रायोजकले आठलाख दिने छ । त्यसैगरी तीनलाख सहप्रायोजबाट, उपप्रायोजकबाट एक लाख, चार सहयोगीबाट दुईलाख, व्यानरबाट ८ लाख, गेटटिकटबाट २९ लाख ५० हजार रुपिया“ संकलन गर्ने लक्ष्य राखिएको अथं संयोजक मदन केसीले जनाकारी दिनु भयो । खर्च पनि सोही अनुपातमा गरिने छ । १८ लाख खर्च हुने छ । रेफ्री भत्ताको लागि मात्रै दुईलाख रुपिया“ अनुमान गरिएको छ ।

कास्की जिल्ला फुटबल संघले वर्षेनी प्रतियोगितको केही रकम खेलाडी भलाईकोषको लागि राख्दै आएको छ । एन्फा केन्द्रीय सदस्य गणेशबहादुर भट्टराईले एकलाख रुपिया“ आर्थिक सहयोगबाट स्थापित कोषमा अहिले आठलाख रुपिया“ संकलित छ । प्रतियोगिताको लागि बोटलर्स तराई नेपाल लि, सामसुङ, हिमश्री फुड्स प्रालि, मनकामना केवलकार, दिपज्योति निर्माण सेवा, छिरिङ गुरुङ लामा, पोखरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, रोड शो रियल स्टेट, नेपाल इन्भेष्टमेन्ट बैंक, कैलाश विकास बंैक, एच एण्ड बी डेभलपमेन्ट बैंक, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति लगायतले सहयोग गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...