कास्की १ मा तीन दलका ठुला नेता

सागर राज तिमिल्सिना
पोखरा, १६ असोज/कास्कीको क्षेत्र नम्बर १ मा मुख्य तीन पार्टिका नेताहरुले चुनाव लड्ने भएका छन् । क्षत्रे नम्बर एकबाट एकिकृत नेकपा माओवादीबाट पार्टिका इन्चाज झलकपाणी तिवारी, काग्रेसबाट नेपाली काग्रेस कास्कीका अध्यक्ष यज्ञ बहादुर थापा, र नेकपा एमालेबाट एमाले कास्कीका अध्यक्ष मान बहादुर जिसिले संविधान सभाको चुनाब लड्रने भएका छन् ।

उनिहरु तीनै जना पार्टीका प्रमुख हुन् । त्यसै गरि कास्की क्षेत्र नम्बर २ बाट एमाओवादीबाट बखानसिँह तमु, नेपाली काग्रेसबाट सारदा पौडेल, एमालेबाट कृष्ण थापालाई पार्टिले सिफारीस गरेको छ । त्यसै गरि क्षेत्र नं ३ मा एमाओवादीबाट रामजी बराल, काग्रेसबाट शोभियत बहादुर अधिकारी, एमालेबाट रविन्द्र अधिकारी रहेका छन् भने क्षेत्र नं ४ मा एमाओवादीबाट गुप्त kaskiहमाल, काग्रसबाट महादेव गुरुङ र एमालेबाट सरिता गिरीलाई पार्टिले शिफारीस गरेको छ ।

कमेन्टहरु
Loading...