आलु खेती गर्ने सहकारी सदस्यलाई अनुदान

पोखरा, ९ मंसिर/पोखराको एक सहकारीले आलु खेती गर्ने आफ्ना शेयर सदस्यहरुलाई अनुदान दिने भएको छ । पोखरा–१२ फुलबारी स्थित सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले यसै बर्ष देखि यस्तो योजना ल्याएको हो । कम्तीमा चार आना जग्गामा तरकारी खेती गर्ने शेयर सदस्यहरुलाई यो सहकारीले एक हजार रुपैया अनुदान दिने भएको छ ।

शेयर धनीले आलु लगाए नलगाएको मुल्याङ्कन गर्नका लागि सहकारीले एक मुल्याङ्कन तथा अनुगमन समिति समेत गठन गरेको छ । सो मुल्याङ्कन समितिले उत्कृष्ठ आलु खेतीलाई पुरस्कृत समेत गर्ने योजना ल्याएको छ । उत्कृष्ठ किसानले तीन हजार, द्धितीयले दुई हजार, तृतीयले एक हजार र दुई जनालाई पाँच पाँच सय रुपैया सात्वना पुरस्कार दिने नीति पनि सहकारीले बनाएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर सयपत्री बचत तथा ऋण सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आलुखेती सम्बन्धी प्रशिक्षण समेत दिएको छ । क्षेत्रीय माटो परिक्षण प्रयोगशाला प्रमुख इन्द्रबहादुर ओली, जिल्ला सहकारी संघका अध्यक्ष शिवजी कोइराला लगायतले प्रशिक्षण दिएका थिए ।

सहकारीका अध्यक्ष विजय बास्तोलाको अध्यक्षतामा सम्पन कार्यक्रममा सस्थापक अध्यक्ष रविन्द्र बास्तोला, सल्लाहकार मधु बास्तोला, आलु खेती प्रक्षिण कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्य लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...