मिस पोखराका प्रतिस्पर्धीले गरे शपिङ

पोखरा, १५ असोज /सुन्दरी प्रतियोगिताको विजेता बन्नको लागि शारिरीक रुपमा मात्र सुन्दर भएर पुग्दैन । एउटा सुन्दरी प्रतियोगिताको प्रतिस्पर्धीले आफुलाई बौद्धिक र व्यवहारिक रुपमा पनि उत्तिकै सुन्दर बनाउन आवश्यक हुन्छ । यस्ता प्रतियोगिताहरुमा शारिरीक सुन्दरतालाई भन्दा बढि प्राथमिकता बौद्धिकता र व्यवहारिकतालाई नै दिने चलन छ ।miss pokhara

यतिबेला मिस पोखराका प्रतिस्पर्धीहरु पनि आफुलाई बौद्धिक र व्यवहारिक बनाउनका लागि मेहेनत गरिरहेका छन् । उनीहरु सुन्दर त छन्, तर त्यहि सुन्दरतालाई अझै निखारेर उत्कृष्ट बन्नका लागि उनीहरु दैनिक प्रशिक्षण पनि लिईरहेका छन् । पोखरा जेसिजको आयोजनामा भएको ‘मिस पोखरा २०१३’ का प्रतिस्पर्धीहरुले मंगलबार भने आवश्यक कुराहरु किनमेल गरेर आफ्नो व्यवहारिकता प्रदर्शन गरे ।

प्रशिक्षण अन्तरगत नै व्यवहारिकता मापनका लागि आयोजकले उनीहरुलाई शपिङको लागि गोशली डिपार्टमेन्टल स्टोरमा पु¥याएको थियो । उनीहरुलाई शपिङका लागि दुईहजार रुपैँया जनही उपलब्ध गराईएको थियो । ‘सिमित स्रोत साधनबाट अधिकतम आवश्यकता कसरी पुरा गर्ने ? भन्ने विषयमा उनीहरुमाथि हामीले यस्तो खालको परिक्षण गरेका हौँ ।’ मिस पोखराका संयोजक सन्तोष पोखरेलले भने–‘सबैले निकै राम्रो तरिकाले शपिङ गरेका छन्, यसलाई पनि हामीले बौद्धिकताको मापन गर्ने एउटा माध्यमको रुपमा लिएका छौँ ।’

जेसिजको प्रशिक्षण अनुसार जुनसुकै काम गर्दा पनि त्यसको सहि व्यवस्थापन गर्नुपर्ने कुराहरु सिक्न पाउँदा धेरै फलदायी भैरहेको प्रतिस्पर्धीहरुले प्रतिक्रिया दिए । मंगलबारको शपिङमा पनि ‘मनि म्यानेजमेन्ट’ कसरी गर्ने भन्ने विषयमा प्रतिस्पर्धीहरुले प्रयोगात्मक रुपमा सिक्न पाएको बताए । शपिङका लागि गोशली डिपार्टमेन्टल छिरेका प्रतिस्पर्धीहरुमध्ये अधिकांशले आफ्ना अभिभावकका लागि आवश्यक सामाग्रीहरु किनेका थिए ।

शपिङ गर्ने तौरतरिकाको बारेमा गोशली डिपार्टमेन्टल स्टोर्सको व्यवस्थापनले समेत प्रतिस्पर्धीहरुलाई संक्षिप्त जानकारी गराएको थियो । बजारमा जाँदा कस्ता सामाग्रीहरुलाई रोजाईमा पार्न सकिन्छ भन्ने विषयमा उनीहरुलाई प्रशिक्षित गरिएको थियो । असोज १८ गते शुक्रबारको ग्राण्ड फिनाले राउण्डका लागि पनि प्रतिस्पर्धीहरु आ–आफ्नै तयारीमा जुटिरहेका छन् । यता जेसिजले पनि १३ वर्षपछि हुन लागेको मिस पोखरालाई भव्य बनाउन निकै मेहेनत गरेको छ ।

कमेन्टहरु
Loading...