सरस्वती, कञ्चनजंघा, मेरिगोल्ड, रिभरडेल र पोखरा एकेडेमी क्वार्टरफाइनलमा

पोखरा, १५ असोज/ पोखरामा जारी प्रथम ज्ञानुबाबा कपमा सरस्वती आदर्श, कञ्चनजंघा, मेरिगोल्ड, रिभरडेल र पोखरा एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा यसअघि आयोजक ज्ञानुबाबा र वेलनन क्वार्टरफाइनलमा पुगिसकेका छन् । पृथ्वीनारायण क्याम्पस पोखराको फुटबल मैदानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वती आदर्शले नीलगिरि बोर्डि८लाई २८० ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश पायो ।

अर्को खेलमा कञ्चनजंघाले एल एञ्जेललाई ५८० को फराकिलो गोलअन्तरमा हरायो भने मेरिगोल्डले शान्तिदीपको चुनौती सामना गर्न सडनडेथसम्म पुग्नु प८यो । ती दुबै टिमबीचको खेल निर्धारित ४० मिनेट गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चौथो खेलमा रिभरडेलले सरस्वती हाइगरलाई एकका बिरुद्ध ३ गोलले सहजै पराजित ग८यो भने पाँचौ खेलमा रेन्वो एकेडेमीमाथि पोखरा एकेडेमीले ४८२ को नतिजा कायम गरी क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

प्रतियोगिताको चौथो दिन बुधबार प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा अल्फा र प्रगति बोर्डि८ भिड्ने आयोजक समितिका सदस्य बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार बुधबारदेखि नै क्वार्टरफाइनलका खेल सुरु हुनेछन् ।

कमेन्टहरु
Loading...