विमल घर्ति मगरले पोखरामा फुटबल खेल्ने

पोखरा, १५ असोज/पछिल्लो पटक फुटबल खेलाडी विमल घर्तिमगर चर्चामा छन् । उनलाई हेर्न उनको खेल हेर्न फुटबल प्रेमिहरुको उत्साह बढेको छ । उनै विमल पोखरामा फुटबल खेल्न आउने भएका छन् । कात्तिक ५ देखि १६ गतेसम्म पोखरा रगंशालामा संचालन हुने पोखरा सफल कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा उनि खेल्ने पक्का भएको हो । सफल पोखराकपमा विमलले एन्फा एकेडेमीको क्याप्टेन बनेर पोखरामा खेल्न आउने छन ।bimal

लक्ष्मी गु्रपको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा विगत दुई वर्षदेखि संचालन हुदै आएको प्रतियोगिताको तेस्रो संस्करण हो । प्रतियोगिता सम्पन्न गर्न आयोजकले तयारी तिव्र गतिमा भैरहेको अखिल नेपाल फुटबल संघ कास्कीका महासचिव राजन पौडेलले बताउनु भयो । प्रतियोगितको करिव ७० प्रतिशत काम सकिएको छ ।

प्रतियोगिताको प्रचार–प्रसारका लागी पोखराका विभिन्न ठाँउमा ब्यानर, पोष्टर टाँस्ने लगायका कामहरु भैरहेको महासचिव पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार पोखराको मुख्यबजारहरु पृथ्वीचोक,सभगृहचोक, सृजनाचोक, महेन्द्रपुल, चिप्लेढुङगा, विजयपुर, लेखनाथको सैनिक बस्ती लगायत अन्य ठाँउमा ब्यानर राख्ने काम भैरहेको छ । सफल कपको प्रचारका लागी पोखरा नगर माइक्रोबस, लेखनाथ माइक्रोबस र पोखराबाट देशका विभिन्न ठाँउका लागी छुटने बसहरुमा ब्यानर राख्ने काम बुधबारबाट सुरु गरिने जानकारी महासचिव पौडेलले बताउनु भयो । “पोखराका विभिन्न भागमा ब्यानर राख्ने र पोष्टर टास्ने काम सकिएको, अव बसहरुमा ब्यानर राख्ने काम बुधबारबाट सुरु हुन्छ । ”

प्रतियोगिताको प्रचारप्रसारकै लागी पोखराका चार सय ५० ओटा पोलमा सफल कपको प्रचारका लागी पोल पोष्टर टासिएको बताइएको छ । प्रतियोगिताको प्रचार प्रसारका लागी पोखरामा रहेका एफ.एम र पत्रपत्रिकामा विज्ञापन समेत वितरण गरिएको एन्फाले जनाएको छ । मंगलबार एफ.एमहरु र बुधबाट पत्रिकाहरुलाई विज्ञापन उपलब्ध गराइने भएको छ । विहिबारबाट सफल पोखरा कपको विज्ञापन स्थानिय पत्रपत्रिकामा प्रकाशन गरिने बताइएको छ । प्रतियोगितामा स्वदेशी ७, विदेशी चार र एक आयोजक गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

कमेन्टहरु
Loading...