सहिदले देखाएको बाटोमा हिड्छौ–शर्मा

पोखरा, १५ असोज/एकीकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रिय सदस्य दीनानाथ शर्माले सहिदले देखाएको बाटोमा एमाओवादीले कहिल्यै नभुल्ने बताएका छन् । १० बर्षे जनयुद्धदेखि लिएर विभिन्न चरणमा भएका जनक्रान्तिमा सहिदहरुको सहादत भएकाले नै देशमा गणतन्त्र स्थापना भएको बताउँदै बाँकि क्रान्ति पुरा गर्न एमाओवाली लागिपर्ने बताएका हुन् ।एमाओवादीका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज झलकपाणि तिवारीकी आमा रुकमणिको निधन भएको ११ दिनमा लेखनाथ बरालडाँडामा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा शर्माले सो कुरा बताएका हुन् । ‘हाम्रो पार्टी सहिद तथा हजारौं योद्धाले ठुलो मेहनत गरेर निर्माण भएको हो, यो पार्टीले सहिदका सपना भुलेको छैन्’ पूर्व शिक्षामन्त्री समेत रहेका शर्माले भने–‘अहिले पनि पार्टी क्रान्तिमै छ, देश र नजताको मुक्तिको लागि एमाओवादी लागिपर्ने छ ।’

शर्माले मंसिर ४ मा हुने संविधानसभामा एमाओवादीले दुईतिहाई बहुमत ल्याएमात्र जनमुखि संविधान बन्ने बताउँदै त्यसका लागि एमाओवादीलाई बीजयी बनाउनुपर्नेमा जोड दिए । एमाओवादीका अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख समेत रहेका उनले देशब्यापी माओवादीको पक्षमा जनलहर बढेको बताउँदै बिजयी हुने बताए ।

कमेन्टहरु
Loading...