सगरमाथा समुहमा सिर्जना

पोखरा, १५ असोज/अमरसिंह चोक १२ मा रहेको सगरमाथा बाल समुहले सिर्जना गुरुङको नेतृत्वमा १२ सदस्यीय विद्यालय नेतृत्व समिति गठन गरेको छ । विद्यालय स्तरमा बालबालिको नेतृत्व गर्न गठित समितिको सदस्यहरुमा पवित्रा भुषाल, सचिना गुरुङ, सन्ध्या सुनार, सुशान्त रिमाल, नितेश सुवेदी, मन्दिप बराल, क्रिरचन्द्र पण्डित, दिपेश सापकोटा, सुभेच्छा के.सी, सुरक्षा बराल, रहनुभएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै समितिका सह—सचिव कुसुम थापा मगरले संस्थालाई अगाडि बढाउन क्रियाशिल सदस्यहरुको आवश्यकता भएको बताउनुभयो । समितिका नयाँ सदस्यहरुले समुदायमा समर्पीत भई समाजका विकृति विसंगति हटाउन बालबालिकालाई संगठित गर्ने निर्णय गरेका थिए ।

सोही अवसरमा समितिले नव प्रवेशी सदस्यहरुलाई स्वागत गरेको थियो । समितिका अध्यक्ष आशमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष आस्था गुरुङ र सञ्चालन सचिव एलिशा पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...