फिष्टेलमा २९ जनाद्वारा रक्तदान

पोखरा, १५ असोज /नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन फिस्टेल लज प्रतिष्ठानको आयोजनामा पोखरामा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको पहिलो रक्तदाता मानव संसाधन तथा व्यवस्थापन प्रमुख गिरिधारी शर्मालाई हाउस किपिङ प्रमुख इन्दु खड्काले ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिफण्ट गण्डकी अञ्चल अध्यक्ष मिना गुरुङ्ग, उपाध्यक्ष रुद्र खत्री, फिस्टेल लजका रवि तिवारी, अनिल श्रेष्ठ, बलबहादुर थापा, आधिकारिक टे«ड युनियनका अध्यक्ष जितबहादुर थेवे, रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन फिस्टेल लज प्रतिष्ठानका अध्यक्ष एकनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत जिफण्ट गण्डकी अञ्चल सदस्य हिरु पुनले गर्नुभएको थियो भने संचालन प्रतिष्ठानका सचिव विदुर आचार्यले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...