ज्येष्ठनागरिकको सम्मान र सुरक्षाको सुनिश्चितगर्नु पर्नेमा जोड

पोखरा, १५ असोज/ज्येष्ठ नागरिकहरुको सम्मान र सुरक्षाहुनु पर्नेमापोखरामाअसोज १५ गते आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
२३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमामुल समारोह समितिले आयोजना गरेको ¥यालीपछिको सभामाबोल्दै सहभागीहरुले ज्येष्ठ नागरिकहरु परिवार, समाज र राज्यबाट अपहेलित र पीडित भएकोले उनीहरुको सम्मान र सुरक्षाको सुनिश्चितगर्नु पर्नेमाजोड दिएकाहुन् । उनीहरुले ज्येष्ठ नागरिकको हक, अधिकारको लागि राज्यले कानुनबनाएतापनिव्यवहारमाकार्यान्वयनहुननसकेको भन्दै ज्येष्ठ नागरिकको गाँस, वास, कपास, स्वास्थ्य, सुरक्षाको ग्यारेण्टी गर्न सरोकारवालानिकायले पहलगर्नु पर्ने बताए ।

jyestha nagarik dibasकार्यक्रममा सहायकप्रमुखजिल्लाअधिकारी तथा ज्येष्ठ नागरिक उपसमितिका संयोजकअर्जुनकुमार शर्माले राज्यको स्रोत साधनले भ्याएसम्म ज्येष्ठ नागरिकको हक, अधिकारको लागिनीतिनिर्माण गरेको उल्लेख गर्दै सरोकारवालानिकायजवाफदेहीहुननसक्दानीति, नियमकार्यान्वयनहुननसकेको बताए । उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमतालाई राज्यले उपयोग गरी ज्येष्ठ नागरिकको व्यवहारिक पक्षलाई समेटेर नीतिनिर्माण गर्नु पर्नेमाजोड दिए । स्थानीयविकास अधिकारी तथा ज्येष्ठ नागरिक समन्वय समितिकाअध्यक्ष ईश्वरराजपौडेलले सन्तान छरिएर जस्तै ज्येष्ठ नागरिक सम्बन्धीकार्यक्रमपनि छरिएर रहेकाले त्यसलाई एकत्रितगर्नु चुनौति रहेको उल्लेख गर्दै युवाहरु विदेश पलायनहुँदा ज्येष्ठ नागरिकले कष्टकर जीवनयापनगर्न बाध्यहुनु परेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराकानिर्देशक यज्ञप्रसादअधिकारीले नैतिकशिक्षाको अभाव र विभेदकारी संस्कारले पारिवारिक विखण्डन ल्याएको भन्दै सचेतनाको अभिवृद्धि गरी मानवअधिकारको संस्कृति र सँस्कारको विकास गर्नु पर्नेमाजोड दिए । वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले ज्येष्ठ नागरिकलाई रु. १ हजार दिएर मात्र सम्माननहुने भन्दै उनीहरुको सम्मानित रुपले बाँच्नपाउने अधिकारको ग्यारेण्टी हुन पर्नेमाजोड दिए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजकशिवखकुरेलले ज्येष्ठ नागरिकहरुलाई परिवारद्वारा हेला, दुव्र्यवहार तथा समाज र राज्यबाट वेवास्तागरिएकोले राज्यले जारी गरेका ऐन कानुनप्रभावकारी रुपमाकार्यान्वयन गराउनदवावदिनु पर्ने बताए ।

जिल्लाजनस्वास्थ्यकार्यालयकामित्रलालअर्यालले ज्येष्ठ नागरिकले उपचारको लागि रु. २ हजार ५ सयदेखि १० हजारसम्मपाउने व्यवस्थाभएता पनिपहुँचवालाले मात्रउक्त रकमपाएको बताए । कार्यक्रममाशान्तिकालागिनागरिक समाजको सञ्जालका संयोजकतिलकआचार्य, गैसस महासंघका अध्यक्ष कृष्णप्रसाद बराल, मानवअधिकारकर्मी नवदत्त ढुङ्गाना, ज्येष्ठ नागरिक सरोकार समाज नेपालकाअध्यक्ष हरिप्रसादकिरण ओझा, महिलातथाबालबालिकाकार्यालयकालक्ष्मी बराललगायतले बोलेकाथिए । यसअघि विहान ८ बजे सिर्जनाचोकदेखि शुरु भएको ¥याली रत्नचोक, शहिदचोक हुदै जिल्लाजिल्लाविकास समितिको सभाहलमापुगी सभामा परिणत भएको थियो ।उक्तअवसरमा १सय ५ वर्षीया सावित्रीगौतम र १ सय ४ वर्षीया नन्दकलापौडेललाई प्रमुखअतिथि सहायकप्रमुखजिल्लाअधिकारी अर्जुनकुमार शर्माले नगद रु. १ हजार सहित सम्मान गरेकाथिए ।साथै उनले ज्येष्ठ नागरिक सरोकार समाज नेपालद्वारा प्रकाशित ज्येष्ठ नागरिक आवाज पुस्तकको विमोचन गरे ।

कार्यक्रमजिल्लाविकास समिति, महिलातथाबालबालिकाकार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक पश्चिमाञ्चल क्षेत्रीयकार्यालय, पूर्व कर्मचारी सेवा परिषद, ज्येष्ठ नागरिक सरोकार समाज नेपालको संयुक्तआयोजनामाभएको हो । स्थानीयविकास अधिकारी ईश्वरराजपौडेलको अध्यक्षतामा सम्पन्नकार्यक्रममापोखरा वृद्धाश्रमकाअध्यक्षबसन्तकेशव पराजुलीले स्वागतमन्तव्य रमहिलातथाबालबालिकाकार्यालयपोखराकानिमित्तप्रमुख बेलकुमारी गुरुङले सञ्चालन गरेकीथिईन् । कार्यक्रममाविभिन्न सरोकारवालानिकायकाप्रतिनिधि, सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाजको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...