फेवातालमा अतिक्रमण भएकोप्रति टानका अध्यक्ष धमलाको चिन्ता

पोखरा, १५ असोज । ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष रमेश धमलाले पोखराको फेवातालमा जलकुम्भी बढेको र अतिक्रमण भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी संघ कास्कीले गरेको बधाई तथा स्वाथत कार्यक्रममा बाल्दै धमलाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले फेवातलमा जलकुम्भी बढ्दा र अतिक्रमण हुँदा पर्यटन विकासमा समस्या पर्ने भन्दै त्यसतर्फ सचेत हुन पर्यटन संघ सम्बन्धित व्यवसायी तथा संघ–संस्थाहरूलाई आग्रह गरे । फेवाताल पर्यटन विकासको महत्वपूर्ण अङ्ग हो धमलाले भने–‘काठमाडौंको विष्णुमती सफाइ गर्न टान अघि बढिसकेको छ, फेवातालको संरक्षणमा के कस्तो भूमिका निर्वाह गर्नसक्छ टानको केन्द्रीय समिति तयार छ ।’
उनले पर्यटन क्षेत्रको समस्या पहिचान गरी सहकार्य र एकता भएर अघि बढ्न तयार रहेकाले समग्र पर्यटन विकासका लागि व्यवसायी र संघसंस्थाहरू एक हुनुको विकल्प नभएको बताए । उनले भने,–‘पर्यटन क्षेत्रलाई राज्यले उपेक्षा गरिरहेका बेला पर्यटन व्यवसायी तथा सो संग सम्बन्धि संघसंस्था एक हुन नसके व्यवसाय नै धरापमा पर्छ ।’ पर्यटन व्यवसायी तथा संघ–संस्थाहरू एक भएर सरकारलाई दवाव दिनुपर्नेमा धमलाले जोड दिए । देशमा भ्रष्टाचार र हेरक क्षेत्रमा भएको अपारदर्शिताको आरोप टानलाई समेत लाग्ने भन्दै अध्यक्ष धमलाले त्यसका लागि टानको आन्तरिक व्यवस्थापनका साथ पारददर्शी ढङ्गले निजिक्षेत्र र सरकारी संयन्त्रसंग समन्वय गरी अघि बढ्न टानको नेतृत्व तयार रहेको बताए ।

टानमा राजनीति नहुने भन्दै धमलाले राजनीतिक स्वार्थ टानभित्र बसेर गर्नुपर्ने खाँचो नयाँ नेतृत्वलाई नभएको स्पष्ट पारे । टानको निर्वातन नेपाली कांग्रेस र एमाओवादी निकट संगठनसंग एकता भएर आफूहरू निर्वाचित भएको भन्दै अध्यक्ष धमलाले देशको राजनीनिमा पनि कांग्रेस र एमाओवादीबीच कार्यगत एकताको खाँचो औंल्याए । उनले भने–‘कांग्रेस र एमाओवादीबीच कार्यगत एकता निकै कठिनाइको कुरा भएपनि राजनीतिक स्वार्थभन्दा माथि उठ्ने हो र्एकता सम्भव छ र एकताबाट देश सम्वृद्ध बन्छ ।’ पोखरा सरसफाइमा देशकै उत्कृष्ट शहर भएपनि पोखरामा फोहोर बढ्दै गएको आफूले पाएको बताउँदै धमलाले पोखराको सरसफाइमा पर्यटन व्यवसायीहरू नै अग्रसर बन्नुपर्नेमा जोड दए ।

टानका महासचिव सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि र्एकीकृत योजना लिएर अघि बढ्दै सरकारलाई दवाव दिनुपर्ने खाँचो औंल्याए । उनले पर्यटन विकासमा निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेपनि सरकारले कुनै महत्व नदिएको आरोप लगाए । महासचिव पाण्डेले पर्यटन क्षेत्रको आधा हिस्सा पोखराले ओगटेकाले टानले पर्यटनसंग सम्बन्धि कुनैपनि प्याकेज पोखरालाई नछुट्याइने बताए ।

कमेन्टहरु
Loading...