आयोजक ज्ञानुबाबा र वेलनन क्वार्टरफाइनलमा

पोखरा, १४ असोज /ज्ञानुबाबा आवासीय उच्च माविको आयोजनामा पोखरामा जारी प्रथम ज्ञानुबाबा कप
सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७० मा आयोजक ज्ञानुबाबा र वेलनन एकेडेमी
क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार सम्पन्न पहिलो प्रिक्वार्टरफाइनलमा आयोजक ज्ञानुबाबाले कास्की
मोडनाइज्डलाई २–० लाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको
हो ।
सोमबारकै अर्को खेलमा वेलननले मेट्रोपोलिटन एकेडेमीलाई टाइब्रेकरमा ३–२
गोलले पराजित गरी क्वार्टरफाइनलको यात्रा तय गरेको हो । ती दुईको
निर्धारित ४० मिनेटको खेल बराबरी एक गोलमा सकिएपछि खेल टाइब्रेकरमा
धकेलिएको हो ।
सोमबार सम्पन्न पोखरा एकेडेमी र सृजना हाइगर सेकेण्डरी बोर्डिङ स्कुलबीचको
खेलमा पोखरा एकेडेमीले जीत हात पारेको छ । उसले सृजनालाई ७–० को
विशाल गोलअन्तरले पराजित गरेको थियो ।
दोस्रो खेलमा अल्फा बोर्डिङ विजयी भयो । अल्फाले पोखरा लनरर्समाथि ४–२
को गोलअन्तर कायम ग¥यो ।
पहिलो चरणकै अन्तिम खेलमा प्रगति बोर्डिङले विन्ध्यश्वरी बोर्डिङलाई शुन्यका
बिरुद्ध ६ गोलले पराजित ग¥यो । आयोजकका अनुसार मंगलबार प्रिक्वार्टरफाइनलका पाँच खेल हुनेछन् ।
 

कमेन्टहरु
Loading...