अमेरिकी राजदुत ३ दिनदेखि पोखरामा, सिडियो र जिल्ला निर्बाचन प्रमुखसंग भेट

गोकुल बानियाँ/पोखरा १४ असोज । तीन दिन देखि पोखरामा रहेका अमेरिकी राजदुत पिटर डब्ल्यु बोडीले स्थानिय स्तरमा भैरहेको चुनाबी तयारीको बारेमा जानकारी लिएका छन् । निर्बाचनको लागि भैरहेको तयारी, शान्ति सुरक्षा लगायतको बिषयमा आज दिनभर उनि भेटघाटमा ब्यबस्त रहे ।राजदुत बोडीले जिल्ला निर्बाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारी र प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालासंग छुट्टा छुट्टै भेट गरी निर्बाचन तयारी बारे जानकारी लिएका छन् । जिल्ला निर्बाचन प्रमुख भण्डारीसंग निर्बाचन कार्यालयमै पुगी २० मिनेट छलफल गरेका उनले निर्बाचनको माहौल बन्दै गएकाले आयोगका कर्मचारी स्वच्छ, निश्पक्ष रुपमा निर्बाचन सम्पन्न गर्न सक्षम रहेको बताएका थिए ।

भण्डारीका अनुसार तोकिएकै समयमा निर्बाचन हुने दाबि गर्दै राजदुत बोडीले निर्बाचन आचारसंहिता दलहरुलेनै पालना नगरेको बताएका थिए । निर्बाचनको लागि जिल्ला स्थित आयोगको कार्यालयले गरेको तयारी बारे बुझ्न उनि यसअघि बिराटनगर, धनगढी, पर्शा र नेपालगञ्ज समेत पुगेका थिए । यसैबिच राजदुत बोडीले आजै कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालासंग पनि भेट गरेका छन् । कोईरालाले राजदुत संगको भेट नियमित भएको बताएपनि निर्बाचन सुरक्षा र जिल्लाको बिकास निर्माणको बिषयमा समेत जिज्ञासा राखेको बताईएको छ ।

उनी आजै कास्कीको हेम्जामा आयोजित एक कार्यक्रममा सहभागि भई पोखराको सिमलचौरमा रहेको जनप्रिय उच्च माबिको पुस्तकालय निरिक्षणको लागि समेत पुगेका थिए । राजदूत बोडीले पोखरामा नयाँ एक्सेस कार्यक्रमको उद्घाटन गरेका छन् । इङ्ग्लिश एक्सेस लघु छात्रवृत्ति सुविधाबाट बञ्चित विद्यार्थीहरूलाई दुई वर्षसम्म विद्यालय समय पश्चात्को समयमा अङ्ग्रेजी भाषा र नेतृत्व विकाससम्बन्धी तालिम दिने उद्देश्यले एक्सेस कार्यक्रमको सुरुवात गरिएको हो ।

जनप्रिय सामुदायिक कलेजमा आयोजित कार्यक्रममा बोल्दै राजदूत बोडीले स्वतन्त्र निर्वाचनमा नागरिकहरूले आफूलाई मनपर्ने दल वा उम्मेदवारलाई भोट दिन पाउनेमा जोड दिएका थिए । उहाँले भने “राजनीतिक दलहरूले विभिन्न विषयमा वहस गर्नुपर्छ, ¥यालीको आयोजना गर्नुपर्छ र भाषणहरू दिनुपर्छ । उम्मेदवार तथा दलहरूले खुला रुपमा आफ्ना विचार मतदाताहरूसँग बाँड्न पाउनका लागि उनीहरूको वाक् स्वतन्त्रता र भेला हुन पाउने तथा घुमफिर गर्न पाउने स्वतन्त्रतामा आँच पु¥याइनु हुँदैन ।” उनको यो भनाई नेकपा माओबादीले निर्बाचन प्रभाबित पार्नेगरी गरिएको १० दिने आमहड्ताल प्रति लक्षित थियो । शनिबार पोखरा आएका उनि आईतवार दिनभर निजि काममा ब्यस्त भएको र सोमबार मात्र भेटघाट र अन्य कार्यक्रममा निस्केका हुन् । राजदुत बोडे आज पोखरामै बसेका छन् ।

कमेन्टहरु
Loading...