ज्येष्ठ नागरिक दिवसको अवसरमा पुम्दीभुम्दीका ज्येष्ठ नागरिक सम्मानित

पोखरा, १४ असोज/विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पुम्दीभुम्दीमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नेपान कास्की र ज्येष्ठ नागरिक समिति पुम्दीभुम्दीले एक कार्यक्रमका वीच नौ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा बाटुली बराल, पुतली बास्तोला, कलावती बराल, रुकविना बराल, तुलसी बराल, भिमकुमारी गुरुङ, ज्वालासिंह गुरुङ, पदमप्रसाद पौडेल, रुकबहादुर गुरुङ रहेका छन् । उनिहरुलाई नगद सहिद खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाल कार्यलय पोखराका क्षेत्रिय निर्देशक यज्ञप्रसाद अधिकारीले वालवालिका र ज्येष्ठ नागरिकका विषयमा आयोगले प्राथामिकताका साथ मुद्दा उठाउने बताए ।
ज्येष्ठ नागरिक र वालवालिकालाई समस्या परेमा आयोजमा उजुरी दिनुहोस् उनले भने– ज्येष्ठ नागरिक र वालवालिकाको अधिकारका लागि आयोगले आवज उठाउछ । ज्येष्ठ नागरिक अनुगमन समिति कास्कीका संयोजक कृष्णप्रसाद बरालले ज्येष्ठ नागरिक ऐन २०६३ कार्यन्वयन हुन नसक्दा ज्येष्ठ नागरिकका माग सम्वोधन हुन नसकेको बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन अधिकृत मित्र अर्याल, जिल्ला विकास समिति कास्कीका अर्जून न्यौपाने, महिला तथा वालवालिका कार्यालय कास्कीकी सुपरभाईजर वेलकुमारी गुरुङ, पुम्दीभुम्दी गाविसका गाविस सचिव गुरुप्रसाद पौडेल, शुक्रराज उच्च माविका प्राचार्य नरनाथ बराल, स्वास्थ्य चौकी पुम्दीभुम्दीका प्रमुख पुष्पराज पौडेल पत्रकार प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।

ज्येष्ठ नागरिक समिति पुम्दीभुम्दीका अध्यक्ष खडानन्द बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष देवबहादुर गुरुङले स्वागत र सचिव उमनाथ बरालले कार्यक्रम सञ्चालन गरेका थिए । हेल्पएज इन्टरनेशनलको सहयोगमा नेपान कास्कीले कास्कीको पुम्दीभुम्द, हेमजा, निर्मलपोखरी र थुमाकोडाँडा गाविसमा कार्यक्रम सञ्चालन गरेको नेपान कास्कीका प्रमुख विनोदप्रसाद त्रिपाठीले जानकारी दिए ।

कमेन्टहरु
Loading...