एड्स अब गा.वि.स. तिर

पोखरा ,१४ असोज/कास्की जिल्ला सराङ्गकोट गा.वि.स.मा जिल्लामै पहिलो पटक गा.वि.स.स्तरीय गा.वि.स. एड्स समन्वय समिति गठन भएको जिल्ला एड्स समन्वय समिति कास्कीले जनाएको छ । जिल्ला एड्स समन्वय समितिलाई एच.आई.भी.÷एड्सका क्षेत्रमा रणनैतिक लक्ष हासिल गर्न ग्रामिण क्षेत्रमा सशक्त एवं प्रभावकारी कार्यक्रम कार्यान्वयन, अनुगमन, मुल्यांकन र समन्वय गरी एच.आई.भी.÷एड्स्वाट पर्ने दुरगामी सामाजिक आर्थिक वहुपक्षिय असरहरुलाई कम गर्न समिति गाविसमा गठन गरेको जिल्ला एड्स समन्वय समितिका संयोजक पूर्णचन्द्र पौडेलले जानकारी दिए ।

गा.वि.स. सचिवको अध्यक्षतामा स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरु, एच.आई.भी. र एड्सका सवालमा काम गर्ने गैसस वाट १ जना प्रतिनिधि, संक्रमितहरुको तर्फवाट १÷१ जना पुरुष र महिला सदस्य रहने गरी गा.वि.स. एड्स समन्वय समिति गठन गरिएकोे छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश प्रसाद अधिकारीले कामको सिलसिलामा वाहिर जाने व्यक्तिहरु, उनिहरुका गृहिणी, तथा वालवालिकाहरुमा संक्रमण वढ्दो भएकोले गा.वि.स. स्तरवाटै एच.आई.भि.र एड्सका सवालमा छलफल गरी प्रभाबकारी रुपमा रोकथाम तथा नियन्त्रणका गतिविधिहरु अगाडी बढाउने बताए ।

त्यसै गरि जिल्ला एड्स समन्वय समितिका संयोजक पूर्णचन्द्र पौडेलले गा.वि.स. एड्स समन्वय समिति संचालन निर्देशिका बारे प्रष्ट परेका थिए । जिल्ला एड्स समन्वय समिति कास्कीको आयोजनामा एवं नौलो घुम्ती र वाल तथा महिला सशक्तिकरण समाजको सहयोगमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...