कसमसद्वारा सिटी क्लिन तथा विविध खेलकुद

पोखरा १४, असोज/विजया दशमी एवं दिपावलीको अवसरमा कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तरगत सिटी क्लिन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा पोखरा रंगशालाको पर्खाल वरिपरीको बोटबिरुवा गोडमेलका साथै सरसफाई गरेका थिए । बिहान ७ बजेदेखि १० बजेसम्म विद्यार्थी तथा शिक्षकहरुले सरसफाइ गरेका थिए ।

त्यसै गरि खेलकुद प्रतियोगिता तर्फ टेबुल टेनिस प्रतियोगितामा छात्र एकल तर्फ आशिक गुरुङ्ग र एलिन गुरुङ्ग, छात्र डबलतर्फ विकास पौडेल÷ निश्चल पुन र रोहित गुरुङ्ग÷एलिन गुरुङ्ग, छात्रा एकल तर्फ सञ्जु तिलिजा र जेनि गुरुङ्ग र छात्रा डबल तर्फ अस्मिता राई÷रेना गुरुङ्ग र लक्ष्मी थापा÷अनु शारु फाइनलमा प्रवेश गरेका छन् ।

कमेन्टहरु
Loading...