टिकट नपाएपछी तालाबन्दी

रोशन लामिछाने
स्याङ्जा, १४ असोज/नेपाली का“ग्रेस स्याङ्जाको कार्यालयमा क्षेत्र नं. १ का कार्यकर्ताहरुले तालबन्दी गरेका छन् । स्याङ्जा क्षेत्र नं. १ बाट सिफारिस भएका तीन उम्मेदवार भन्दा बाहिरका नेतालाई संसदीय दलले छनौट गर्न थालेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । क्षेत्र नं. १ बाट सिफारिस भएका नेताहरुमा राजु थापा, तुलसीराम रेग्मी र गोपालमान श्रेष्ठ मध्येबाट छनौट नगरी जिल्ला सभापति तथा क्षेत्र नं. २ बाट सिफारिसमा परेका कमलप्रसाद पंगेनी र धनराज गुरुङ्ग मध्ये कुनै एकलाई छनौट गर्न लागेको सार्वजनिक भएपछि असन्तुष्ट बनेका कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।तालाबन्दी गरेपछि नेपाली का“ग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मी र पुतलीबजार नगर समितिका सभापति बेदप्रसाद दोरङ्गाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै क्षेत्रीय समितिको सिफारिस बाहिर गएर कार्यकर्ता माझ लोकप्रिय नेतालाई उमेद्वार हुन बञ्चित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

भौगोलिक क्षेत्र बाहिरबाट उमेदवार छनौट गरिनु पार्टी हितमा नहुने ठहर गर्दै पार्टीको क्षेत्रीय समितिको सिफारिसलाई वेवास्ता गरी निर्णय भएमा क्षेत्र नं. १ का तमाम कार्यकर्ता उक्त निर्णय स्वीकार गर्न बाध्य नहुने व्यहोरा संसदीय समितिलाई जानकारी गराउन चाहन्छौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीको स्थानीय निकायको सिफारिसलाई आधार मानेर उम्मेद्वार छनौट गरिनुपर्नेमा संसदीय समितिले आफू अनुकुलका मानिसलाई छनौट गर्ने आत्मघाती निर्णय गर्न लागेकोे उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘पार्टीका जुझारु र लोकप्रिय नेतालाई आधिकारिक उम्मेदवार घोषणा गर्न पार्टी नेतृत्वस“ग जोडदार माग गर्दछौं ।’

“निर्णय सच्याएर पार्टीको क्षेत्रीय समितिबाट सिफारिस भएका मध्येबाट उमेद्वार चयन नभएसम्म तालाबन्दी जारी रहन्छ ।” क्षेत्रीय सभापति रेग्मीले भने, “सिफारिस मध्येबाट निर्णय नहुनु भनेको तल्ला तहका कार्यकर्ताको अपमान हो, निर्णय लाद्न खोजिए सकरात्मक सन्देश जा“दैन ।”

कमेन्टहरु
Loading...