मनाङको हिमाल चढ्ने क्रममा तीनको मृत्यु

पोखरा, १४ असोज/मनाङ हिम्लुङ हिमाल आरोहणको क्रममा गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको ज्यान गएको छ । मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा हिउँपहिरोमा परी ज्यान गएको हो 

हिम्लुङ हिमाल आरोहणका क्रममा शेर्पाद्वयका साथमा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको पनि ज्यान गएको छ । आइतबार बिहान हिउँपहिरोमा परी उनीहरूको मृत्यु भएको हो। मृतकमध्ये तेन्डी र पासाङको शव फेला परेको छ भने काजी शेर्पाको शव फेला परेको छैन। मृतकहरूको शव लिनका लागि आइतबार नै हिम्लुङ हिमालको आधार शिविर पुगेको माउन्टेन हेलिकोप्टर मौसम खराबीका कारण अझै फर्कन सकेको छैन।

कमेन्टहरु
Loading...