अन्तर स्कुल शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिता जारी

पोखरा, १३ असोज/ज्ञानुबाबा आवासीय उच्च मावि, मिरुवाको आयोजनामा पृथ्वीनारायण क्याम्पसमा जारी अन्तर स्कुल शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आइतवार ५ खेल सम्पन्न भएको छ । आइतवार भएको पहिलो चरणको खेलमा तारापुञ्ज बोर्डिङ स्कुललाई हराउदै शान्तिदिप बोर्डिङ अघिल्लो चरणमा प्रवेश गरेको छ । यसैगरि मेरी गोल्ड र डायमण्ड बोर्डिङबीचको खेलमा मेरी गोल्ड विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।तेस्रो खेलमा ज्ञानकुञ्जलाई हराउदै रिभल्डेड बोर्डिङ विजेता बन्यो । यसैगरि चौथो खेलमा सरस्वती बोडिङ स्कुल विजयी भयो । सरस्वतीले कुमुदीनी होम्सलाई पराजित गरेको हो । आइतवारको अन्तिम खेलमा रेन्बो एकेडेमीले स्नो भ्यू बोर्डिङ स्कुलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमवार पाँच खेल हुने आयोजक समितिका सदस्य बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरण अन्तर्गत विहान सृजना उच्च मावि र पोखरा एकेडेमी, पोखरा लर्नर र अल्फा बोर्डिङ र दिउँसो प्रगति बोर्डिङ र विन्देश्वरी बोडिङबीच हुने छ ।

कास्कीमा रहेका निजी तथा आवासीय विद्यालयका शिक्षकहरुबीच एक आपसमा आत्मीयता र मित्रता कायम गर्ने उर्देश्यका साथ आयोजित प्रतियोगिता १७ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद १० हजार, द्धितियले ७ हजार साथमा मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकर्ता, खेलाडी र अनुशाशित खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । रिड मोर पब्लिकेशनको मुख्य प्रायोजन र एसिया पब्लिकेशनको प्रायोजनामा भएको प्रतियोगितामा पोखराका विभिन्न निजि तथा आवासीय विद्यालयका ३२ वटा समुहको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...