पोखरा इन्जिनियरिङमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन

पोखरा, १३ असोज/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पोखरा इन्जिनियरिङ कलेजमा आफ्नो संगठन विस्तार गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको हक, हित सुनिश्चित गर्नको लागि संजय गुरुङको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति गठन गरिएको संगठनले जनाएको छ ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष जयलाल पुनले राष्ट्रियता संकटमा पर्दै गइरहेको बेला राष्ट्रवादी कित्तामा विद्यार्थीको लहर बढेको र अझै बढ्नुपर्ने बताए । ठूला राजनीतिक दलको आत्मसर्मपणवादी चिन्तनका कारण मुलुकको अस्तित्व र अखण्डतामाथि खेलबाड भएको भन्दै अध्यक्ष पुनले गाउँदेखि शहरसम्म हरेक कुनाकाप्चामा विद्यार्थीले राष्ट्रियता र राष्ट्रप्रेमको सन्देश फैलाउनुपर्ने आवश्यकता औंल्याए । भेलामा बोल्दै संगठनका संयोजक गुरुङले राष्ट्रियताको नारा र भाव बोकेर आगामी दिनमा समिति विस्तार गर्ने बताए ।

कमेन्टहरु
Loading...