डा. गुरुङद्वारा खेलकुद सामग्री हस्तान्तरण

पोखरा, १२असोज। कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित पोखरा तेक्वान्दो डोजाङमा शनिबार तेक्वान्दोको संयुक्त बेल्ट टेस्ट सम्पन्न भयो। कास्की जिल्ला तेक्वान्दो सङ्घका उपाध्यक्ष अर्जुन थापा र सचिव प्रेमनारायण न्यौपानेको उपस्थितिमा भएको सो बेल्ट टेस्ट तेक्वान्दोका सहायक प्रशिक्षक एवं डोजाङ प्रमुख सुनबहादुर लामा, महावीर थापा, अरुण माझी, सूर्य थापालगायतलेप्रशिक्षार्थीहरूको टेस्ट लिएका थिए। 

पोखरा तेक्वान्दो डोजाङबाट ह्वाइट बेल्टतर्फ १९, एलोग्रीनतर्फ तीन,एलोग्रीनतर्फ तीन, ग्रीनतर्फ पाँच, ब्लुबेल्टतर्फ दुई तथा रेडब्लूतर्फ दुई गरी ३६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पद्मनरसिंह होम प्रालि सर्जन विभागका डा. नरेन्द्रविक्रम गुरुङले पोखरा तेक्वान्दो डोजाङलाई करिब ५० हजार बराबरको खेलकुद सामग्री प्रदान गरे। डा. गुरुङ र उनकी धर्मपत्नी सुप्रिना गुरुङले डोजाङ प्रमुख सुनबहादुर लामालाई सो सामग्री हस्तान्तरण गरेका थिए।सो अवसरमा डा. गुरुङलेआफूले प्रशिक्षार्थीहरूको खेलको स्तर हेरेर सानो सहयोग गरेको बताए।

उनले खेलाडीहरूले भविष्यमा उत्कृष्ट प्रदर्शन गर्दै विधान लामा, संगीना वैद्य र दीपक विष्टजस्ता खेलाडी बन्ने विश्वास व्यक्त गरे। डा. गुरुङबाट डोजाङलाई प्राप्त सामग्रीमा चेस्टकभर्ड छ थान, हेगार्ड छ थान,सिङगार्ड २४ थान, ग्रोइङगार्ड छ थान, किकप्याड पाँच थान तथा ठूलो किकप्याड एक थान रहेका छन्। यसैगरी माउण्टेन टप तेक्वान्दो डोजाङ हङकङका प्रमुख मास्टर गणेशमान गुरुङले पनि डोजाङलाई १० थान किकप्याड उपलब्ध गराएका छन्।
कास्की जिल्ला तेक्वान्दो सङ्घका उपाध्यक्ष अर्जुन थापाले डा. गुरुङले तेक्वान्दो खेललाई माया गर्ने सहयोगी हातको दायरा भविष्यमा पनि फराकिलो बन्ने विश्वास व्यक्त गरे।

सङ्घका सचिव प्रेमनारायण न्यौपानेले प्रशिक्षार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मेडल प्राप्त गरे त्यो नै डा. गुरुङपरिवारप्रतिको सच्चा सम्मानहुने दाबी गरे। सो अवसरमा पोखरा तेक्वान्दो डोजाङको तर्फबाट प्रमुख सुनबहादुर लामाले सहयोगको कदर गर्दै डा. गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए। सो अवसरमा डोजाङप्रमुख लामाले सहयोग गर्ने डा. गुरुङर मास्टर गणेशमान गुरुङप्रति आभार प्रकट गरे।
विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चलन डोजाङ प्रमुख बोधराज गिरीले गरेका थिए।

कमेन्टहरु
Loading...