विमानस्थलको जग्गा अधिग्रहणको लागि एक अर्व ः अर्थमन्त्री कोइराला

पोखरा, १२ असोज । अर्थमन्त्री शंकरप्रसाद पाण्डेले खुल्ला अर्थ नीतिप्रतिको सरकारी प्रतिवद्धता पुनः दोहो¥याएका छन् । मूलुकलाई केही समय आर्थिक प्रयोगशाला बनाइए पनि  वर्तमान सरकार  आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन सरकार क्रियाशिल रहेको उनले दावी गरे । पोखरा उद्योग बाणिज्य संघको ५९ औँ वार्षिक अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले चालु अािर्थक वर्षको बजेटमार्फत  उर्जा संकट समाधान र पूर्वाधार निर्माणमा आवश्यक बजेट छुट्याइएकोले सकारात्मक परिणाम आउने उनको धारणा थियो । मन्त्री कोइरालाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहरण गर्न एक अर्व रकम छुट्याएको जानकारी दिँदै विमानस्थल निर्माणको प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए । ‘चीनसँग कुरा भएको छ, श्रोत साधन जुटाउन सरकार लागेको छ, ठ्याक्कै कहिले हुन्छ म भन्न सक्दिन ।’–उनले भने । एक अर्को प्रसंगमा उनले सरकार चुनावको तयारीमा लागेको र असन्तुष्ट पक्षलाई पनि चुनावमा सहभागी गराउन पहल गरिएको उनले जानकारी दिए । तोकिएकै मितिमा चुनाव हुन उनको जिकिर थियो ।

 कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले ब्यापारीलाई बलपूर्वक ठगको उपमा दिने गरिएकोमा आपत्ति जनाउँदै कानूनलाई ऐन, ऐनलाई परिपत्र र परिपत्रलाई तजविजी अधिकारले काट्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरे । महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चुनावको मुखमा आफ्नो आर्थिक एजेण्डा स्पष्ट पार्न दलहरुसँग माग गरे । चिसिँदो श्रम सम्बन्ध ब्यवसायीक वातावरणको लागि घातक भएको  भन्दै उनले ट्रेड युनियन कानून संशोधनको माग पनि गरे । ब्यवसायीहरुलाई राजश्व प्रशासनले दुःख दिने गरेको तर केही पहुँचवाला व्यक्ति यस्तै मुद्धामा पर्दा राष्ट्रपतिले पनि चासो दिएको प्रसंग उठाउँदै उनले दोहोरो मापण्डण्ड अन्त्यको लागि सरकारसँग आग्रह गरे । उनको संकेत वरिष्ठ अधिवक्ता शंभु थापाको ल फर्ममा छापा मारिएपछि उत्पन्न परिस्थितिप्रति लक्षित थियो ।

 नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नसक्ने कुरा बोल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । ब्यवसायीक वातावरण बनाउन र  पूर्वाधार विकासमा लगानी गर्न उनले सरकारसँग आग्रह पनि गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले कानूनलाई नै आधार बनाएर ब्यवसायीलाई हतोत्साही गरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिँदै उनले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, कोत्रेबाट हेम्जासम्म ६ लेनको सडक,  पोखरा–काठमाण्डौ र पोखरा– लुम्बिनी फाष्ट ट्रयाक, कालीगण्डकी करिडोर, बाग्लुङ–ढोरपाटन बाटोको स्तरोन्नति,पोखरामा रहेको क्षेत्रीय संग्रहालयको ब्यवस्थापन, फेवा ताल वरपर साइकल ट्रेलको  ब्यवस्था , लुम्बिनी–पोखरा–जोमसोम सडकको स्तरोन्नति, उर्जा संकट समाधान,कृषिलाई आधुनिकीकरण निर्यातजन्य उद्योगलाई प्रवद्र्धन,समग्र पोखराको विकासका लागि गुरुयोजनासहितको कार्यविधी, कास्कीमा रहेका तालहरुको संरक्षण, ति तालहरुलाई सीमसार क्षेत्र घोषणा, पोखरामा देखिएको खानेपानी समस्याको निराकरण, नगरपालिका सुदृढिकरण, पोखरा सभागृहको निर्माण, पोखरा प्रदर्शनी केन्द्रको भौतिक पूर्वाधार निर्माण, दमकलको ब्यवस्था, ढल निकास, रंगशाला र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण लगायतका मागहरु पनि दोहो¥याए ।

चुनावको मुखमा अनावश्यक चन्दा आतंक सृजना नगर्न उनले दलहरुसँग आग्रह पनि गरे । कार्यक्रममा बोल्दै  पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मीले योजना बनाएर अगाडि बढेमा पाँच वर्षमा पोखराको मुहार फेर्न सकिने बताए । पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापाले वर्गीय हितको लागि सम्पूर्ण ब्यवसायीहरु एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, पोखरा पर्यटन परीषदका अध्यक्ष सूर्यबहादुर भुजेल,  स्याङ्जा उद्योग बाणिज्य संघका उपाध्यक्ष नवराज सुवेदी , पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइराला, लक्ष्मी विद्यापदकका संस्थापक तथा उद्योगपति गणेशबहादुर श्रेष्ठ, लक्ष्मी विद्यापदक २०६९ प्राप्त भावना पराजुली, हार्डवयर एसोसियसन कास्कीका अध्यक्ष अर्जुन बञ्जरा लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा प्रमुख अतिथी अर्थमन्त्री कोइरालाले  पोखरा उद्योग बाणिज्य संघले पोखरा आर्ट ग्यालरी निर्माणका लागि आर्ट ग्यालरी निर्माण समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बराललाई  ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी कार्यक्रममा बिग एफएमले बिग आइकनको क्रममा टिकट बिक्रीबाट संकलित ४२ हजार ४ सय ६० रुपैयाँ बालश्रम न्यूनिकरण कार्यक्रमलाई प्रदान गरेकोमा एफएमका कार्यक्रम संयोजक संजोग बस्याललाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।  यता उद्घाटन समारोह लगत्तै भएको संघको साधारणसभाको बन्दसत्रले महासचिव नारायण कोइरालाबाट प्रस्तुत  संघको वार्षिक प्रतिवेदन  र कोषाध्यक्ष रविन्द्रबहादुर प्रजुद्धारा प्रस्तुत आर्थिक  प्रतिवेदनहरु पारित गरेको छ ।  बन्दसत्रले विशेष साधारणसभा आह्वान गरी विधान संशोधनको प्रक्रिया थाल्न कार्यसमितिलाई  म्याण्डेट दिएको छ । साधारणसभाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएमा कडा संघर्षका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

कमेन्टहरु
Loading...